back
NMB ad

स्वास्थ्य सर्तकता अपनाउन जिसस प्रमुख खुलालको आव्हान

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सतृकता अपनाउन सम्पूर्ण मकवानपुरवासीमा आव्हान गर्नुभएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै प्रमुख खुलालले समुदाय स्तरमै कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले आम जिल्लाबासीमा आवश्यक स्वास्थ्य सर्तकता अपनाउन आव्हान गर्नुभएको छ ।

विज्ञप्ती मार्फत प्रमुख खुलालले कोरोना भाइरसको अहिलेसम्म कुनैपनि उपचार बिधि आइनसकेको र थोरै सावधानी अपनाइएमा यस भाइरसको सङ्क्रमणबाट बच्न सकिने हुँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै अनुसाशित भएर कार्यहरू गर्न समेत आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ– “लामो समयको बन्दाबन्दीका कारण आम सर्वसाधारण जनताको दैनिकीमा ठुलो असर परेको छ । सधैम्भरि बन्दाबन्दीमै बस्न समेत नसकिने हुँदा जिल्लामा जारी निषेधाज्ञा समेत केही खुकुलो बनाउँदै स्वरुप परिर्वतन गरेर जनतालाई आफ्नो दैनिकीमा फर्काउने लक्ष्य लिईएको छ । तर, बन्दाबन्दी वा निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दैमा पनि यस समस्याको समाधान हुनसक्ने अवस्था नरहेकाले आम मकवानपुरबासी आफै सचेत भएर सुरक्षित हुन जरुरी छ ।”

उहाँले स्वास्थ्य सम्बन्धी मापदण्डको परिपालना गर्दै सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, नियमित रुपमा साबुनपानीले हात धुने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउन आव्हान गर्नुभएको छ । साथै कोरोना भाइरसको सङ्क्रमण भई हालेमा पनि स्वास्थ्य सर्तकता र सावधानी अपनाएमा यस रोगबाट निको हुन सकिने हुँदा त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गर्नुभएको छ ।

त्यस्तै उहाँले यदाकदा समुदाय स्तरमा कोरोना सङ्क्रमण भएका व्यक्ति, स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई अभद्र व्यहार भएका खबरहरू समेत आएकाले त्यसो नगर्न समेत आग्रह गर्दै समुदायमा कसैलाई कोरोना सङ्क्रमण भईहालेमा नआत्तिकन आफ्नो वडाअध्यक्ष मार्फत उपचार विधिमा जान आग्रह गर्नुभएको छ ।

साथै कोरोना भाइरसको महामारीमा सबै एकजुट भएर लाग्ने र जुट्नेभन्दा विकल्प नभएकाले स्वास्थ्य सुरक्षा अपनाएर सचेत, सुरक्षित भएर कार्य गर्न सम्पूर्ण मकवानपुरबासीलाई आव्हान गर्नुभएको छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार १९:०२ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...