back
NMB ad

सगरमाथाको वास्तविक उचाइ तय, सार्वजनिक कहिले ?

Kumari bank ad

बीबीसी । नेपालले स्थलगत मापन गरेर पहिलोपटक आफैँले सगरमाथाको वास्तविक उचाइ यकिन गरिसकेको छ । तर त्यससम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेको र प्रक्रिया पूरा गरेर चाँडै सार्वजनिक गरिन सरकारी अधिकारीहरुको भनाइ छ।

नेपाल र चीनका उच्च पदका नेताले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ। भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालय तथा नापी विभागका प्रवक्ताहरूले तथ्याङ्क प्रशोधनको कामु सम्पन्न भएको बताएका छन्। तर उक्त विवरणलाई अन्तिम रूप दिएर कहिले र कसरीु सार्वजनिक गरिन्छ भन्नेबारे उनीहरूले विस्तृतमा बताएका छैनन्।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भने, हाम्रो तर्फबाट सगरमाथा मापनसम्बन्धी फिल्ड कार्य र त्यसको प्रोसेसिङ कार्य सकिएको छ।
गणना गरी वास्तविक उचाइ निकाल्ने कामु सम्पन्न भएको छ। आवश्यक प्रक्रिया पूरा गरी छिट्टै घोषणा हुनेछ।

सगरमाथाको उचाइ सार्वजनिक गर्नेबारे छलफल जारी रहेको उनको भनाइ छ। नापी विभागका सूचना अधिकारी दामोदर ढकालले पनि लगभग उचाइ पत्ता लागउने काम सकिएकोु जानकारी दिए।

उनले भने, काम सकिएर करिब करिब अन्त्यमा छ। सार्वजनिक गर्न छलफल जारी छन् । तर उनीहरूले सगरमाथाको उचाइ कति यकिन गरियो भन्ने आफूहरूलाई पनि जानकारी नभएको बताए।

हालसम्म सगरमाथाको उचाइ ८,८४८ मिटर मान्ने गरिएको छ। यो उचाइ सन् १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको थियो। त्यसैलाई विश्वले मान्यता दिएको हो।

तर २०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाइमा पनि असर परेको हुनसक्ने आकलन छ।त्यसपछि नेपालले करिब तीन वर्षअघि पहिलोपटक आफैँले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको हो।

वि.सं.२०७७ भदौ १६ मंगलवार १४:५० मा प्रकाशित

You can share this post!

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...