back
NMB ad

‘एयर अरेबियाद्वारा चार्टर उडान नियम उल्लंघन’

Kumari bank ad

काठमाडौं । एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठहर गरेको छ ।

भदौ ९ मा यूएईको शारजाहबाट १ सय ६१ नेपाली यात्रु ल्याउँदा नियमविपरीत पीसीआर परीक्षण नगरेका यात्रुलाई समेत ल्याइएकाले सरकारको नियम उल्लंघन भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

उडानका क्रममा एयर अरेबियाको त्रुटि देखिएकाले सचेत गराउने बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षता बसेको बैठकले निर्णय गरेको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले बताए ।

उनका अनुसार पीसीआर जाँच गराई आएका १ सय ४२ जना यात्रुसँग होटल क्वारेन्टाइन बसाइबापत लिइएको रकमसमेत सम्बन्धित यात्रुलाई फिर्ता गर्न तथा अब उप्रान्त यस्तो कार्य नगर्नरनगराउन एयर अरेबियालाई सचेत गराइएको कान्तिपुर दैनिकमा सुरज कुँवरले खबर लेखेका छन् ।

वि.सं.२०७७ भदौ १८ बिहीवार ०७:३३ मा प्रकाशित

You can share this post!

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...