back
NMB ad

कोरोना विरुद्ध जनचेतना फैलाउन राजनैतिक दलहरु चुकेका छन् : खुलाल

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना बिरुद्धमा समुदायमा जनचेतना फैलाउने कुरामा राजनैतिक दलहरु चुकेको बताउनुभएको छ ।

बुधबार हेटौंडा उपमहानगरपालिका–१३ मा कोराना संङक्रमण रोकथाम सम्बन्धी सरोकारवालाहरुविच आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले समुदायमा सचेतना फैलाउन कार्यकर्ता परिचालन गर्ने कुरामा राजनैतिक दलहरु चुकेको बताउनुभयो ।

उहाँले हरेक घरमा राजनैतिक दलका कार्यकर्ताहरु रहेको भन्दै सचेतना फैलाउन त्यो भन्दा राम्रो विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो “महामारीका बेला राजनैतिक दलका कार्यकर्ता सबै भन्दा राम्रो माध्यम बन्न सक्ने हुँदा कार्यकर्तालाई आफ्नो टोल छिमेकमा सचेतना फैलाउन पाट्रिका तर्फबाट निर्देशन गर्न सक्थ्यो । तर, त्यसमा राजनैतिक दलहरु चुकेका छन् ।

कोरोनाका बारेमा फैलिएका भ्रम र यथार्थ लाई चिर्ने र समुदायमा उत्पन्न हुने विभिन्न बिकृतिलाईलाई निरुत्साहित गर्न पार्टीहरुले आफ्ना कार्यकर्ताको माध्यमबाट धेरै कुरा गर्न सक्ने हुनाले कार्यकर्ता परिचालन गरेर जनचेतना फैलाउनुका साथै, अन्य थुप्रै काम गर्न सक्थ्यो तर रानैतिकदलहरु त्यहाँनिर चुकेको उहाँले बताउनुभयो ।

सकेसम्म कमभन्दा कम मानिसमा यसको सङ्क्रमण फैलिने गरी नियन्त्रण गर्न नागरिकलाई सचेत गराउँदै सधैभरी बन्दाबन्दी कायम राखेर मात्र नहुने हुँदा नागरिकको आवागमन, व्यवसाय र जनजीवनलाई सजह बनाउँदै लानु पर्ने उहाँले बताउनुभयो ।

उहाँले निश्चित भौतिक दूरी अपनाएर, मास्क र स्यानिटाइजरको प्रयोग गरेर आफ्नो काम सञ्चालन गर्नु पर्ने भन्दै आम नागरिकलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्डबारे सचेत गराएर अगाडि बढ्नु पर्ने बताउनुभयो । यस्ता काममा पार्टीका कार्यकर्ताहरुले जनचेतना फैलाउनको लागि माध्यमको काम गर्न सक्ने उहाँको भनाई थियो ।

वि.सं.२०७७ भदौ २४ बुधवार २०:०० मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...