back
NMB ad

भोलिदेखि सबै यातायात, व्यपार तथा व्यवसाय फेरि बन्द हुने, प्रशासनले गर्यो यस्तो निर्णय !

Kumari bank ad

गोरखा । गोरखा नगरपालिकामा जारी निशेषधाज्ञा भदौ ३१ गतेसम्म थपिएको छ । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए ।

 

गोरखा नगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि भदौ २० गतेबाट आज(शुक्रबार) राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमितको संख्या पनि थप भएको तथा कन्ट्रयाक्ट ट्रेसिङको रिपोर्ट आउन बाँकी रहेकाले तत्कालका लागि निषेधाज्ञा कायम राख्ने निर्णय भएको रोकाले बताए ।

 

 

जोखिम न्यूनिकरणका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरी कन्ट्याक्ट ट्रेसिङलाई तीव्र पारिएको उनले बताए । निशेषधाज्ञाको अवधिमा अत्यावश्यक बाहेक अन्य सवै सेवा, यातायात, व्यपार, व्यवसाय बन्द हुनेछन् ।

 

सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, सामाजिक सेवाका संघ संस्थाहरु बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन गरिएको छ ।

 

 

अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न सर्वसाधरणलाई नगरपालिकाले अनुरोध गरेको छ । निषेधाज्ञा प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १८:११ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...