back
NMB ad

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Kumari bank ad

काठमाडौं । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

गत चैत ११ गतेदेखि हवाई उडान र लामो दूरीका यातायात बन्द थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले उक्त जानकारी दिनुभयो ।

उहाँकाअनुसार यसरी लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट व्यवसायीले लिन सक्नेछन् । हवाईजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको छ ।

आन्तरिक हवाईजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदन्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउनेछन् ।

‘स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले लामो समयसम्म आवगमन रोक्यौं । अनन्तकालसम्म आवागन रोक्न सकिँदैनथ्यो’(परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो-‘त्यही भएर हवाई र लामो दूरीका यातायातका साधनलाई निश्चित मापदन्ड लागू गरेर खुला गरेका छौं ।’

लामो समयसम्म हवाईजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाईसमेत कठिनाइ परेकाले सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।

सिटमा एकजनामात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा स्यानिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ ।

सवारीचालक र सहचालकले अनिवार्यरुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी(साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदन्ड बनाउन सक्ने निर्णय गरिएको छ । सोको अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयले गर्ने जनाइएको छ ।

लामो सयमदेखि हवाई उडान बन्द भएको कारणले हवाई सञ्चालक अप्ठयारोमा परेकोले सञ्चालन गर्न अनुमति दिइएको उहाँले जानकारी दिनुभयो । यात्रु चढ्ने र ओर्लने बेलामा ढोकामा स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ ।

विमानचालक र सहचालक र अन्यले मास्क, पञ्जाजस्ता स्वास्थ्यका मापदन्ड पूरा गर्नुपर्नेछ । हवाई उडानको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

अन्तर्राष्ट्रिय हवाई उडान अनुमति

यस्तै, अन्तर्राष्ट्रिय हवाई उडानसम्बन्धी निर्णय पनि सरकारले गरेको छ ।

सरकारले स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरी संक्रमणको जोखिमको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा पर्यटन मन्त्रालयले नियमित तथा चार्टर्ड उडानका लागि अनुमति दिनसक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

विदेशबाट आउने यात्रुको यात्रा सुरु गर्नुभन्दा पहिले ७२ घन्टाअघिको ‘पीसीआर’ परीक्षण गर्दा ‘नेगेटिभ’ आएको अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

असोज ३० सम्म अन्तर्राष्ट्रिय नाका बन्द

सरकारले अन्तर्राष्ट्रिय सीमानाका बन्द अवधि असोज ३० गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।

यसअघि, भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय भएकामा कोभिड–१९ को संक्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतसँग सीमा जोडिएका १२ प्रमुख नाकाबाट प्रवेश गर्न दिइएको छ ।

यसअघि, १० नाका खुला गरिएकामा मन्त्रिपरिषद् बैठकले थप दुई नाका इलामको पशुपतिनगर र दार्चुलाको खलंगाको नाकाबाट पनि मानिस आउनका लागि निर्णय गरेको छ ।

यस्तै, चीनतर्फको रसुवाको नाकाबाट पनि प्रवेशका लागि अनुमति दिने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो । उहाँले संक्रमण बढ्दै गए स्थानीय प्रशासनलाई स्थानीय ऐनअनुसार थप निर्णय गर्ने अधिकार दिइएको जानकारी दिनुभयो ।

वि.सं.२०७७ भदौ ३१ बुधवार ०६:४७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...