काठमाडौं । नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबार एकैदिन १७ रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
जुन एक महिनायताकै सबैभन्दा सस्तो हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि प्रतितोला १७ सय रुपैयाँले सस्तिएर ९५ हजार रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य पछिल्लो महिनाभरकै सबैभन्दा सस्तो हो । पछिल्लो एक महिनामा सुन ९५ हजार ८ सयसम्म झरेको थियो । सुन सस्तिँदा मंगलबार चाँदी पनि तोलाको ९० रुपैयाँ सस्तो बनेर १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ असोज ६ मंगलवार ११:४७ मा प्रकाशित