back
NMB ad

कोरोना रोकथाम र उपचारका लागि चन्द्रागिरी नगरपालिकाले गर्‍यो दुई करोड २७ लाख खर्च

Kumari bank ad

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रू. दुई करोड २७ लाख खर्च गरेको छ ।

 

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ को संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रू. दुई करोड २७ लाख १६ हजार ९५९ खर्च भएको जानकारी दिए ।

नगरपालिकाले विभिन्न वडाका गरीब, विपन्न परिवारलाई राहत वितरणका लागि रू. एक करोड ६४ लाख ३१ हजार, स्वाव परीक्षण, औषधि खरीद, स्प्रे, प्रचार–प्रसार, एम्बुलेन्स सञ्चालनका लागि रू. ४० लाख ८१ हजार, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि रू. २२ लाख तीन हजार खर्च गरेको छ ।

चन्द्रागिरीले नगरपालिकाभित्रका विभिन्न विद्यालयमा क्वारेन्टाइन कक्ष निर्माण गरेर कोरोना संक्रमितलाई राख्दै आएको छ । चन्द्रागिरी नगरपालिकालाई कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि वाग्मती प्रदेशले रू. १२ लाख र नगरस्तरीय विपद् व्यवस्थापन कोषमा रू. ११ लाख ७४ हजार सहयोग भएको थियो । बाँकी रकम नगरपालिकाले आफ्नै कोषबाट खर्च गरेको हो ।

नगरपालिकामा सोमवार ६ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३९० पुगेको छ । तीमध्ये २७६ जना डिस्चार्ज भइसकेका छन् । बाँकी सक्रिय संक्रमितमध्ये २५ जना अस्पताल आइसोलेसन र ८५ जनाको होम आइसोलेसनमा राखेर उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

हालसम्म चन्द्रागिरी नगरपालिकामा कोरोना संक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । नगरपालिकाले कोरोना संक्रमणबाट सिकिस्त भएका बिरामीलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा राखेर उपचार गराउँदै आएको छ ।

चन्द्रागिरी नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । उपत्यकाका अरु नगरपालिकाको तुलनामा चन्द्रागिरीमा कोरोना संक्रमितको संख्या कम रहेको छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १०:३१ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...