back
NMB ad

हस्तकला उत्पादन ८० प्रतिशतले घट्यो, निर्यातमा अझै समस्या

Kumari bank ad

काठमाडौं । हस्तकला उद्योगले आफ्नो उत्पादन क्षमताको २० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् ।

कोरोना महामारी शुरू हुनुअघि नै पर्यटक आगमन नभएपछि हस्तकलाका सामानको विक्री ठप्प हुँदा उद्योगहरूको उत्पादन ८० प्रतिशतले घटेको छ ।

महामारीको प्रभावका कारण बाहिर देशबाट हस्तकला सामग्रीको माग नभएपछि उत्पादन घटाउनु परेको हो । महामारी शुरू भएयता नयाँ माग थपिएको छैन ।

तर, बन्दाबन्दीभन्दा अघि नै माग भइआएका फेल्ट, पश्मिना, काष्ठकला र चाँदीका केही सामग्री माग पूरा गर्न मात्र उद्योगले उत्पादन गरिरहेका छन् ।

उद्योगले आफ्ना क्षमताको २० प्रतिशत मात्रै उत्पादन गर्न थालेपछि हस्तकला उद्योगमा काम गर्ने करीब ६० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् भने कतिपयले पेशासमेत परिवर्तन गरेका छन् ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोना महामारी नसकिएसम्म विदेशबाट सामान माग हुने सम्भावना नरहेकाले उत्पादन बढाउन नसकिएको बताए ।

‘उत्पादन बढाएर मात्रै के गर्ने? विक्री छैन मौज्दात मात्र थुपारेर कहिलेसम्म बस्ने?’ उनले प्रश्न गरे । उत्पादित वस्तु बिक्न छोडेपछि बाध्य भएर कामदार कटौती गरे पनि भोलिका दिनमा स्थिति सहज भए पुनः दक्ष कामदार पाउन गाह्रो हुने चिन्तामा समेत परेको उनी बताउँछन् ।

नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार नेपालको आन्तरिक बजारमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामग्री विक्री हुने गर्छ । नेपाली हस्तकला सामग्रीको ठूलो बजार अमेरिका, चीन र यूरोपेली मुलुकहरू हुन् । नेपालबाट यी मुलुकमा वार्षिक ११ अर्ब देखि १५ अर्ब रुपैयाँसम्मको हस्तकलाका सामग्री निर्यात हुने गर्छ । स्वदेशी बजारमा विक्री हुने हस्तकलाका सामानको खरीदकर्ता पनि धेरैजसो विदेशी पर्यटक नै हुन् ।

बन्दाबन्दीका कारण नियमित उडान हुन नसक्दा व्यवसायीहरूले तीन गुनासम्म बढी भाडा तिरेर हस्तकलाका सामग्री निर्यात गर्दै आएका थिए । तर, अहिले नियमित अन्तरराष्ट्रिय उडान खुला गरे पनि यो समस्या जस्ताको तस्तै रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार ०७:४७ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...