back
NMB ad

नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी

Kumari bank ad

विराटनगर । सीमा क्षेत्रसम्म ल्याइएको प्याज भित्र्याउन नपाउँदा नेपाली व्यवसायीले ठूलो नोक्सानी बेहोरेर भारतमै बिक्री गरेका छन्।

 

भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै ल्याउन लागिएको प्याज उतै खरिदकर्ता खोजेर बेच्नुपर्ने अवस्था आएको हो। नेपाल ल्याउन पाउने निश्चित नभएपछि व्यवसायी लाखौं रुपैयाँको नोक्सानी बेहोर्न बाध्य भए।

भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै बढ्दो मूल्य नियन्त्रण गर्न भनेर भदौ ३० बाट अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको थियो। जसका कारण नेपाल ल्याउन सीमा क्षेत्रको जोगवनीसम्म ल्याएर ठिक्क पारिएको प्याजका १२ वटा ट्रक उतै रोकिनु पर्ने अवस्था आयो।

विराटनगर भन्सार हुँदै भोलिपल्ट नेपाल भित्र्याउने तयारी गरिएको भए पनि अघिल्लै दिन भारत सरकारले अचानक प्रतिबन्ध लगाइदिँदा प्याज लोड गरिएका गाडी ल्याउन नसकिएको व्यवसायीको भनाइ छ। विराटनगरको गुद्री बजारस्थित प्याजका थोक विक्रेता पशुपति भगतले तीन सय ४० मेट्रिकटन ९तीन लाख ४० हजार किलो० बढी प्याज नेपाल भित्र्याउन नसकिएको बताए।

‘बीचमा कुनै उपाय लगाउँदै भित्र्याउन सकिन्छ कि भनेर पनि प्रयास गरियो’, उनले भने, ‘नसकेपछि उतै थोक विक्रेता खोज्दै बिक्री गर्नुपर्ने अवस्था आयो।’ १२ वटामा भगतका मात्रै सातवटा ट्रक थिए। उनका अनुसार नेपाल भित्र्याउन नसकेपछि भारतको फरबिसगञ्ज, पूर्णिया र दरभंगाका व्यापारीलाई सस्तोमा प्याज बिक्री गर्नुपर्ने बाध्यता आयो।

उनले आफ्नो मात्रै सातवटा ट्रकमा लोड गरिएको दुई लाख १० हजार किलो ९२१० मेट्रिकटन० प्याज केहीदिन जोगवनीमा अड्किएको र ल्याउन नपाउँदा उतै बेचिएको बताए। आफूले भारतमा खरिद गर्दा प्याज प्रति किलो भारतीय ४८ रुपैयाँ ५० पैसा ९७७ रुपैयाँ ६० पैसा नेपाली० परेको भगतले बताए। ‘भारतीय एक करोड एक लाख ८५ हजार रुपैयाँ ९नेपाली एक करोड ६२ लाख ९६ हजार रुपैयाँ० लगानी गरेर प्याज ल्याइएको थियो’, उनले भने, ‘तर प्रति किलो छ रुपैयाँ नौ पैसासम्म घाटा खाएर बेच्नु प¥यो।’

भगतले प्याज भारतीय व्यापारीलाई प्रति किलो ४१ रुपैयाँ ६० पैसा नेपाली ६६ रुपैयाँ ५६ पैसा का दरले बेच्नु पर्दा ठूलो घाटा लागेको जानकारी दिए। रोकिएको सबै प्याज बेच्दा भारतीय ८७ लाख ३६ हजार रुपैयाँ ९नेपाली एक करोड ३९ लाख ७७ हजार रुपैयाँ मात्रै प्राप्त भएको उनको भनाइ छ। किलोमै छ रुपैयाँ नौ पैसा कममा बेच्दा सावाँमा भारतीय १४ लाख ४९ हजार रुपैयाँ ९नेपाली २३ लाख १८ हजार चार सय रुपैयाँ घाटा लागेको भगतले बताए।

सहमतिमै आधाजति घाटा खरिद गरेर ल्याएको भारतीय डिलरले बेहोरेका कारण थोरै राहतचैं मिलेको उनको भनाइ छ। ‘अचानक प्रतिबन्धले प्याजमा ठूलो घाटा भयो’, उनले भने, ‘सीमामा भारतीय प्रहरीले रोकेका कारण गाडीमै रहँदा सडेर बिग्रने भएपछि सस्तैमा बिक्री गर्नुको विकल्प भएन।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार ०७:५३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...