back
NMB ad

इन्जिनियरको कमाई साढे ५ करोड

Kumari bank ad

काठमाडौं । जलस्रोत तथा सिंचाई विभागका सीडीई सुरेशकुमार शर्माले २५ वर्षको जागिरे जीवनमा साढे ५ करोड कमाएका छन् ।

 

उनले सार्वजनिक सेवामा रहँदा कमाएको ३ करोड ६ लाख अवैध देखिएको छ । शर्माले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती बबिता फुयाल शर्माको नाममा राखेको खुलेको छ ।

सीडीई शर्माले विभिन्न कार्यालय तथा आयोजनामा कार्यरत रहँदा अत्याधिक भ्रष्टाचार तथा अनियमतिता गरेको भन्दै उजूरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

शर्मा २०५२ माघ १८ गते देखि राप तृतीय श्रेणी इन्जिनियर सेवा सिभिल समूह, इरिगेशन उपसमूह पदमा अस्थायी नियुक्ति भएका थिए । २०५३ साउन ४ गते इन्जिनियर राप तृत्तिय पदमा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी हाल जलस्रोत तथा सिंचाई विभाग ललितपुरमा सीडीई पदमा कार्यरत रहेको देखिन आएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

शर्माले सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आर्थिक २०७६र०७७ सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीमा गरिएको कुल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरण अनुसार जाँच अवधिमा स्रोत खुल्न आएको आर्जित वैधआय २ करोड ३५ लाख ३१ हजार मात्रै देखिएको छ ।

सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीमा ५ करोड ४१ लाख ८६ हजार खर्च गरेको देखिएका छ। आयभन्दा बढी गरेको खर्च लगानी ३ करोड ६ लाख ५४ हजार बराबरको भागलाई वैध आयस्रोत पाइएन, आरोप पत्रमा उल्लेख छ ।

गैरकानुनी आर्जन गरेका सम्पत्ति अमिल्दो र अस्वाभाविक रुपमा, आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनिका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी गरी खर्च गरेको देखिएको छ।

सीडीई शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम बिगो र सोबाट बढेबढाएको सम्पत्तिसमेत जफतरअसुल उपर गरी पाउन समेत मागदाबी लिइ विशेष अदालतमा मुद्दा दायर गरिएका छ ।

सीडीईकी पत्नी बबिताविरुद्ध जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरी सम्पत्ति जफत गरिपाउन समेतको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०७:०४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...