back
NMB ad

सस्तियो विद्युतीय गाडी, ८० प्रतिशत छुट !

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएको तीन महिना पनि नबित्दै बजेटमार्फत निर्धारण गरेको करका दरमा सरकारले हेरफेर गरेकोे छ ।

सरकारले आलोचना खेप्नुपरेको विद्युतीय गाडीमा यसअघि लगाइएको अन्तःशुल्कसहित विभिन्न करका दरहरू बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले घटाएको हो । व्यवसायीहरूले विद्युतीय गाडीमा लगाइएको अन्तःशुल्कको विरोध गर्दै आएका थिए ।

विद्युतीय गाडीमा चालु वर्षको आर्थिक ऐनबाट ४० प्रतिशत भन्सार र क्षमताअनुसार ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अन्तुशल्क लगाइएको थियो ।

अब भने ३० प्रतिशत अन्तःशुल्क लाग्ने गाडीमा ८० प्रतिशत छुट दिइएको छ । यसैगरी विद्युतीय कारको क्षमताअनुसार छुटका फरकफरक दर कायम गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार ५० किलोवाटसम्मका गाडीलाई ८० प्रतिशत छूट दिइएको छ ।

५१ देखि १०० किलोवाटसम्मका गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत छुट दिइएको छ भने १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत र त्योभन्दा माथिका गाडीमा २५ प्रतिशत अन्तःशुल्क छुट दिने निर्णय भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विद्युतीय गाडीमा लगाइएको भन्सार दर भने यथावत् राखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०७:११ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...