back
NMB ad

अत्यधिक बढ्यो हरियो तरकारीको मूल्य, २४८ प्रतिशतसम्म वृद्धि

Kumari bank ad

काठमाडौं । विगत १० दिनयता काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको पाइएको छ ।

 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको १० दिनमा हरियो तरकारीको मूल्यमा २४८ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ ।

असोज ५ गते थोक मूल्य प्रतिकिलो ३३ रुपैयाँ रहेको घिरौलाको मूल्य गएको १० दिनमा २४८ प्रतिशतले वृद्धि भई १ सय १५ रुपैयाँ पुगेको छ । तिते करेलाको मूल्यमा करीब १७४ प्रतिशतले वृद्धि भई प्रतिकिलो ४२ रुपैयाँबाट १ सय १५ रुपैयाँ कायम भएको छ ।

रायोको सागको मूल्य १११ प्रतिशतले बढी प्रतिकिलो ४५ बाट ९५ रुपैयाँ पुगेको छ । हरियो फर्सीको मूल्य ९४ प्रतिशतले बढ्दै प्रतिकिलो ३७ रुपैयाँबाट ७२ पुगेको छ । भिन्डीको मूल्य ७१ प्रतिशतले वृद्धि भई प्रतिकिलो ६७ बाट १ सय १५ रुपैयाँ पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईका अनुसार यति बेला वर्षे तरकारीको सिजन सकिने समय भएकाले तरकारीको मूल्य आकाशिएको हो ।

वर्षाले गर्दा किसानको बारीमा लगाइएको तरकारी राम्रो फल्न सकेन र उत्पादन कम भएको छ । ‘दशैंसम्म तरकारीको मूल्य अझै बढ्ने देखिन्छ,’ उनले भने ।

हिउँदे तरकारी बजारमा आउन थालेपछि मात्र तरकारीको मूल्य घट्ने व्यापारीहरू बताउँछन् । यस वर्ष तरकारीको कम उत्पादन भएका कारण कालीमाटीमा तरकारी आपूर्ति हुने मुख्य जिल्लाहरू धादिङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, चितवनलगायत जिल्लाबाट अघिल्लो वर्षको यही अवधिको तुलनामा आधा परिमाणमा मात्र तरकारी आपूर्ति भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी संघका अध्यक्ष गीताप्रसाद आचार्यले बताए ।

नेपालको आन्तरिक बजारबाट कालीमाटीमा भित्रिने तरकारीको परिमाणमा करीब ४० प्रतिशतले घटेको छ । भारतबाट आयात हुने तरकारी पनि ८० प्रतिशत घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । कालीमाटीमा हुने तरकारीको दैनिक आपूर्ति प्रभावित हुँदा मूल्य बढेको हो ।

यसअघि दैनिक ९ सय टनसम्म तरकारी आउने कालीमाटीमा आजभोलि दैनिक करीब ५ सय टन मात्र आउने गरेको कालीमाटी तरकारी बजार विकास समितिको दैनिक आयात विवरणले देखाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०७:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...