back
NMB ad

फेरि बढ्यो खानेतेल र दालको मूल्य, कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । गएको १० दिनयता खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीको मूल्यमा १७ प्रतिशतसम्म मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि खुद्रा बजारमा समेत त्यसको प्रभाव परेर मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ ।

 

करीब १० दिन अघिसम्म १ सय ५० रुपैयाँ प्रतिलिटर खुद्रा मूल्य विक्री भइरहेको भटमास तेलको मूल्य अहिले बजारमा १ सय ६५ रुपैयाँसम्म पर्न थालेको छ ।

खुद्रा मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ पर्ने सनफ्लावर तेल २ सय रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यसैगरी धारा तोरीको तेलमा प्रतिलिटर २० रुपैयाँले वृद्धि भई खुद्रा मूल्य २ सय २० रुपैयाँसम्म पर्ने गरेको छ ।

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यका अनुसार खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीमा १७ प्रतिशतसम्म मूल्य बढेको छ ।

बिस्कुट, दालमोठ, सोयाबिन, जामलगायत दैनिक उपभोग्य अन्य वस्तुको समेत मूल्य बढेको छ । दशैंसम्म अझै बढ्न सक्ने सम्भावना रहेको उनले बताए । ‘थोक बजारबाट नै मूल्य बढेर आएपछि हामीले पनि मूल्य बढाएर बेच्नु परेको हो,’ उनले भने ।

करीब १० दिनअघि प्रतिकिलो १ सय २० रुपैयाँ रहेको मसिनो मुसुरोको दालको खुद्रा मूल्यमा करीब १७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ४० रुपैयाँ पुगेको छ ।

मोटो मुसुरोको दालको मूल्यमा १५ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय २५ रुपैयाँ पुगेको छ । त्यसैगरी मासको दालको मूल्य पनि करीब ७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँ पुगेको छ ।

सेतो केराउको खुद्रा मूल्यमा १० रुपैयाँ वृद्धि भई प्रतिकिलो ७० रुपैयाँबाट ८० रुपैयाँ पुगेको छ । ठूलो ९मौसमी० चनाको मूल्य प्रतिकिलो १ सय ४० बाट १ सय ५० र सानो चनाको मूल्य प्रतिकिलो १ सय २० बाट १ सय ३० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज २१ बुधवार ०७:२४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...