back
NMB ad

दसैं अघिसम्म विद्यालय नखोल्ने निर्णय, शिक्षक तथा कर्मचारीलाई यस्तो आयो निर्देशन !

Kumari bank ad

हेटौंडा । शिक्षकलाई कोरोना भाइरस संक्रमण भएपछि मकवानपुरको वाग्मती गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालयको पठनपाठन बन्द गराएको हो । संक्रमितमध्ये एक जना शिक्षक रहेका गाउँपालिकास्थित जनता माविका प्रधानाध्यापक वसन्त राईले बताए ।

कोरोना संक्रमित शून्य रहेको र संघीय सरकारले असोज १ देखि वैकल्पिक विधिबाट पठनपाठन गराउन दिएको निर्देशनबमोजिम गाउँपालिकाका विद्यालयमा पढाइ भइरहेको थियो ।

विद्यालयहरूले स्वास्थ्य सतर्कता अपनाएर जोर–बिजोर प्रणालीमार्फत पठनपाठन थालेका थिए । दसैंअघिसम्म विद्यालय बन्द गर्ने र वैकल्पिक विधिबाट पठनपाठन गर्ने गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए ।

गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई भने विद्यालयमा नियमित उपस्थित भई आन्तरिक कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

वि.सं.२०७७ असोज २१ बुधवार ०८:०४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...