back
NMB ad

प्रशासनले एक्कासी गर्यो यस्तो निर्णय: भोलिदेखि एक हप्ताका लागि सबै बन्द गर्ने (सूचनासहित)

Kumari bank ad

सर्लाही । सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

शान्ति सुरक्षा र विपद् व्यवस्थापनका काम बाहेक जिल्ला प्रशासन कार्यालय एक हप्ता सम्मको लागि बन्द गर्ने निर्णय गरिएको हो । केहि दिन अघि जिल्ला प्रशासन कार्यालयका एक जना नायव सुब्बामा कोरोना संक्रमण पुष्टि भएपछि बिहिवार २२ गते जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहित ७१ जनाको स्वाब कोरोना परिक्षणको लागि संकलन गरिएको थियो ।

शनिवार आएको रिपोर्टमा ११ जनामा कोरोना पोजेटिभको पुष्टि भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एक जना प्रशासकीय अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रसासकीय अधिकृत राम प्रमोद यादबले जानकारी दिए । अन्य बाँकी ६ जना थुनुवा र अन्य कार्यालयका कर्मचारी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी नै कोरोना संक्रमित भएपछि कोरोना जोखिमलाई न्युनिकरण गर्न असोज २५ गते आईतबार देखि ३० गते शुक्रवार सम्म सम्पूर्ण सेवाहरु बन्द हुने गरी सूचना नै जारी गरिएको प्रसासकीय अधिकृत यादबले बताए ।

वि.सं.२०७७ असोज २४ शनिवार १७:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...