back
NMB ad

अमेरिकामा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकै दिन थपिए २ लाख ३० हजार संक्रमित

Kumari bank ad

वासिङटन डीसी (अमेरिका) । अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ ।

संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोना भाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ ।

त्यसगरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआवद्ध विश्वविद्यालयले शनिवार राती ८ बजे जानकारी दिएको छ । कोरोना भाइरसको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भईरहेको जानकारी दिइएको छ ।

अमेरिकामा कोरोना भाइरस शुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भइसेकेको छ । रासस/एएफपी

वि.सं.२०७७ मंसिर २१ आइतवार १९:०२ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...