काठमाडौं । नेप्से परिसुचक कारोबार भएको एक घण्टाको अवधिमा २८ दशमलव २३ अंकले बढेको छ । नेप्से बढेर २ हजार ३२ दशमलव ६२ विन्दुमा पुगेको छ ।
यस अवधिमा १८८ ओटा कम्पनीको रू. १ अर्ब ४३ करोड ७९ लाख १६ हजार भन्दा बढीको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी जलविद्युत् समूहको परिसुचक ५ दशमलव १६ प्रतिशत वृद्धि भएको छ ।
सर्वाधिक कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । कम्पनीको रू. १६ करोड ६३ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:५९ मा प्रकाशित