काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन सुनको भाउ बढेको छ । आज सुनको मूल्य एक हजार ५०० रूपैयालेँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम छ । हिजो प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन प्रतितोला ९३ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ । प्रतितोला ३० रूपैयाँ बढेको चाँदी एक हजार २३५ रूपैयाँ तोकिएको छ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:४७ मा प्रकाशित