back
NMB ad

मेलम्ची खानेपानी : लोकल भेन्डर र स्थानीयको समस्या तत्काल समाधान गर्न आवश्यक

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कंडेलले खानेपानी मन्त्रालयको पुँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन आग्रह गर्नुभएको छ ।

उहाँले आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयले दिएको समयमा नै आयोजना पुरा गर्न निर्देशन दिनुभएको छ ।

कंडेलले अब प्रदेश राजधानीमा खानेपानीको समस्या समाधान गर्न तर्फ लाग्न पनि आग्रह गर्नुभएको छ । त्यसको लागि नीति निर्माणमा सुझाव दिनुपर्ने देखिएको भन्दै अब आगामी आर्थिक वर्षको आवश्यक बजेटका विषयमा छलफलमा हुने बताउनुभयो ।

सोहीक्रमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुगानाले मेलम्ची खानेपानी आयोजनाको समय निर्धारण गरेर यो समयमा सक्छु भनेर भन्नु भन्दा पनि तत्काल समस्या समाधान गरेर कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभएको छ ।

सिसिएमसीको विषय अहिले नै सम्बोधन गर्न नसकेको खण्डमा पछि पुनः समस्या आउन सक्ने तर्फ इंगित गर्नुभयो । उहाँले पहिलो चरणको काम नसके दोस्रो चरणमा काम गर्न समस्या हुने भन्दै पहिलो चरणको काम सकेर दोस्रोमा जान सुझाव दिनुभयो । उहाँले मेलम्ची आयोजना लामो थेसिस जस्तो भएको भन्दै चाँडो सक्न आग्रह गर्नुभएको छ ।

आयोजनाको फर–फारकमा समस्या भएको भन्दै यसले बजेटमा अनन्तकालसम्म समस्या सृजना गर्न सक्ने तर्क संकेत गर्नुभएको छ । आयोजनाको फर–फारक संघियता आउनु भन्दा पहिलाकै भएको भन्दै यसमा सचेत भएर काम गर्नुपर्नेमा जोडदिनुभयो । सचिव ढूंगानाले साना आयोजना केन्द्रमा नराख्न आग्रह गर्नुभएको छ ।

खानेपानीको स्रोतको समस्या धेरै भएको भन्दै त्यसमा अध्ययन गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले निर्धारण गरेको बजेट पूर्ण कार्यान्वयनमा आएको खण्डमा त्यो प्रभावकारी हु्ने भन्दै त्यसतर्फ लाग्न निर्देशन दिनुभएको छ ।

बैठकमा महालेखा नियन्त्रक मधु मरासिनीले ५.२३ प्रतिशत वित्तीय प्रगति रहनु निकै चिन्ताजन भएको बताउनुभयो । उहाँले पुँजीगत खर्च बढाउनु पर्ने मन्त्रालय नै खर्च गर्न नसक्नुृे चिन्ताजनक अवस्था भएको धारणा राख्नुभएको थियो । उहाँले मन्त्रालयलाई प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गर्नुभएको छ ।
यस्तै, योजना आयोगका सदस्य, दिल बहादुर गुरुङले मेलम्चीको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । सिसीएमसी र श्रमिकको भुक्तानी चाँडो गर्न आग्रह गर्नुभएको छ । स्थानीयको मागको कारण इआईएको काम रोकिएको भन्दै त्यो समस्या चाँडो समाधान गर्न जोड दिनुभएको छ ।

त्यसैगरि, खानेपानी मन्त्रालयका सचिव मधु बेलबासेले मेलम्चीलाई मन्त्रालयले प्राथमिकतामा राखेको भन्दै केही प्रकृयाले रोकिएको जानकारी गराउनुभयो । उहाँले टेस्टिङ सुु्रु गरेको ५० दिनपछि नियमित सञ्चालनमा आउने बताउनुभयो ।

२०७७ साल भित्रै सञ्चालनमा आउने भएपनि लोकल भेन्डर र स्थानीयको समस्या तत्काल समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १८:४५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...