back
NMB ad

मुुलुकको आर्थिक विकासमा सहकारीको ठुलो योगदान छ : मन्त्री मगर

Kumari bank ad

बागलुङ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले मुलुकको आर्थिक विकासका सहकारी क्षेत्रको मत्वपूर्र्ण योगदान रहेको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत गण्डकी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट सोमबार उद्घाटन पछि यस्तो बताउनु भएको हो ।

जनतासंग भएको निष्क्रय पूँजिलाई परिचालन गर्ने देखि रोजगारी सिर्जना, आयआर्जन बढाउन तथा सामाजिक सम्बन्धमा सुधार ल्याउन सहकारीको योगदान छ, मन्त्री थापा मगरले भन्नुभयो,–अब सहकारीहरुले संकलन गरेको पूँजिलाई उत्पादनमुखी कार्यमा लगाउनु पर्छ ।

अनुदानका नाममा कतिपय काल्पनिक मानिसहरुले राज्यको स्रोत परिचालन गरेको समेत गुनासो आएको प्रसंग कोट्याउदै मन्त्री थापा मगरले सहकारीमार्फत राज्यले परिचालन गर्ने बजेट लैजान सकेमा वास्तविक किसानको घर घरमा पुग्ने उहाँको धारणा थियो ।

गण्डकी प्रदेश सरकारले उत्पादन क्षेत्रमा काम गर्ने किसानहरुका लागि सहयोगको कार्यक्रम बनाएको छ,, मन्त्री थापा मगरले भन्नुभयो –सहकारी बैंक र अन्य सहकारीहरुसंग मिलेर सरकारका योजना कार्यन्वयन गर्न प्रदेश सरकार तयार छ ।

आर्थिक विकाससंगै सामाजिक रुपान्तरणका लागि राज्यको प्रमुख सहयोगी संस्थाका रुपमा सहकारी क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा मन्त्री थापा मगरको जोड थियो ।

कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको सञ्चालन र बैंकका संचालक पार्वती थापा मगरको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ ।

कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गर्नु भएको थियो ।

सहकारी बैंकले मंसिर २३ गतेदेखि सञ्चालन गरेको प्रदेश स्तरीय एकाई सभा गण्डकी प्रदेशको कार्यक्रमसंगै सकिएको छ । ७ वटै एकाईसभाबाट छनोट भएका एकाई प्रतिनिधिहरुको सभा पुस ३ गतेका लागि आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १८:४७ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...