back
NMB ad

उपभोक्ता ठग्ने व्यापारीविरूद्ध मुद्दा चलाइँदै

Kumari bank ad

बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ। खाद्य ऐन, नियम उल्लङ्घन सम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो।

चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उनले भने, ’दुई मुद्दाको फैसला भइसकेको छ भने दुई विचाराधीन अवस्थामा छन्, फैसला भएका मुद्दामा एक मिठाइ पसले र एक होटललाई पाँचरपाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।’ फैसला हुन बाँकी मुद्दा पनि खाद्य पदार्थवाला रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

यस्तै सातवटा दर्ता तयारीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। उनले भने, ’बजार अनुगमनका क्रममा २७ वटा नमूना सङ्कलन गरिएका थिए, सङ्कलित नमूनामध्ये प्रयोगशालामा परीक्षण गर्दा सातमा कैफियत रहेकाले मुद्दा दर्ताको तयारी भएको हो।’

संयुक्त बजार अनुगमन टोलीले अनुगमनकै क्रममा तत्काल चार व्यापारीलाई सात हजार ५०० जरिवाना गरिएको जनाएको छ। अनुगमन टोलीले चालु आवको हालसम्म बजार अनुगमनका क्रममा आठ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको जनाएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका बाहेकका अन्य स्थानीय तहमा पहिलो चरणको अनुगमन सम्पन्न गरेको जनाइएको छ। अनुगमन कार्यलाई केही दिनमै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:५४ मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...