back
NMB ad

मौरीपालनमा भविष्य खोज्दै युवा

Kumari bank ad

गण्डकी । कास्कीको मादी गाउँपालिकाका–११ स्थित तोगी लम्तरीका विनोद खनाललाई पैसा कमाउन न विदेश जानुपर्यो, न त शहर नै झर्नुपर्यो । उनले परिवारलाई सघाउँदै घरमा नै बसेर वार्षिक पाँच लाख आम्दानी गर्छन् भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।

समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा रहेको विकट बस्तीमा सुगमताको अनुभव गर्दै २३ वर्षीय उनले मह बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् ।

घर, आँगन र करेसाबारीको आसपासमा राखिएका ४० वटा मौरीका घारबाट उत्पादित महको मुख्य बजार पोखरालाई बनाउँदै आएको बताउने खनालले घरबाट प्रतिकिलो मह एक हजार र मागअनुसार सम्बन्धित स्थानमा पुर्याउँदा थप २५० यातायात खर्च लिने गरेका छन् ।

“मौरीपालनका लागि कुनै पनि उमेरले छेक्दैन, खासै समय दिनु पनि पर्दैन सामान्य रेखदेख गरे पुग्छ”, उनले भने, “मौरीसँग खेल्न सक्ने हो भने पैसा कमाउन विदेश तथा शहरतर्फ भौँतारिनु पर्दैन ।” खरले छाएको घुमाउने घरमा परिवारसहित बस्नेमात्र नभई आधुनिक र परम्परागत गरी ११ वटा मौरीका घार चारैततर्फ झुन्डिएको देख्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्दछ ।

व्यावसायिक मौरीपालनलाई उमेरले छेक्दैन । यसलाई दीर्घकालीन पेशा बनाउने लक्ष्यका साथ बुबा ऋषिराम खनालले विसं २०६७ देखि शुरु गरेको पेशालाई आफूले सहयोग गर्दै आएको बताउँदै उनले २० घार मौरी हुने हो भने कोही पनि भोको र नाङ्गो नहुने बताए ।

गोलासहितका घार बिक्रीबाट मनग्य आम्दानी

स्थानीय मौरीपालन व्यवसायका अगुवा कृषकका रुपमा परिचित पितृराज लामिछानेले भने मह बिक्रीभन्दा गोलासहितको घार बिक्री गरेर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् ।

कास्कीका पाँचवटै स्थानीय तह तथा गोरखा र स्याङ्जा जिल्लामा मौरीका घार बिक्री गर्दै आएको बताउँदै उनले लगभग वार्षिक ३०० भन्दा बढी घार बिक्री गरेर ३० लाख आम्दानी हुने गरेको जानकारी दिए । मागअनुसारको घार पुर्याउन नसक्दा छ महिनादेखि लाइनमा राख्नुपरेको उनको भनाइ छ ।

टुनी जातको काठको घारमा गोलासहित ११ हजार, उत्तिसको घारको आठ हजार मूल्यमा बिक्री गर्दै आएका उनले त्यसमा ढुवानी खर्च थप लाग्ने गरेको बताए । घर आसपासमा अहिले ८० घार मौरी रहेका छन् । मह बिक्रीबाट पनि वार्षिक पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।

एउटा घारबाट फुटाएर एक वर्षमा १० वटा घारसम्म मौरी बनाउने गरेका लामिछानेले कतिपय स्थानमा कृषकलाई मौरीका घार प्रदान गरे पनि प्रविधि र ज्ञानको अभावमा उनीहरूले उचित फाइदा लिन नसकेको बताए । कात्तिक, मङ्सिर र फागुन गोला वृद्धि गरी नयाँ घारमा राख्ने उचित महिना हुन् ।

यस वर्ष अत्यधिक असिना र पानी परेको कारण मौरीलाई चरनसम्म पुग्न कठिनाइ हुनुका साथै फूल झरेकाले मह उत्पादनमा कमी आउँदा मागअनुसारको मह ग्राहकलाई पुर्याउन नसकेको कृषकको धारणा छ । घरमा आउने पाहुना हुन् वा आफूहरु बाहिर जाँदा गाउँको कोसेली मह बन्ने गरेको रीता खनाल बताउँछिन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय सिक्लेसद्वारा ५० प्रतिशत अनुदानमा प्रत्येक घरलाई मौरीसहितको एक–एक घार वितरण गरेपछि यस क्षेत्रमा मौरीपालन व्यावसायिकतामा परिणत भएको उनको भनाइ छ ।

विदेशबाट फर्केका युवा मौरीपालनमा

तीन वर्ष साउदीमा बसेर गाउँ फर्केका अर्का युवा माधव खनालको घरमा अहिले २० घार मौरी पुगेका छन् । उनले वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । “घर परिवारसँगै बसेर मौरीलाई बिहान बेलुकाको समयमा रेखदेख गरे पुग्दछ”, उनले भने, “एक घारबाट वार्षिक १० किलोग्रामभन्दा बढी मह उत्पादन हुँदै आएको छ, ५० घार पुर्याएर वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ ।”

मौरीपालनका साथै उनले विदेशी भूमिको सट्टा स्वदेशी माटोमा रगत र पसिना भिजाउने हो भने घरमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ मौरीसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गर्दै आएको जानकारी दिए ।

व्यावसायिक मौरीपालनबाट मनग्य आम्दानी त हुन्छ नै तर त्यसमा असिनापानीको बढी प्रकोपका साथै मलछाप्प्रो, अरिङ्गाल, चिभेचरो, कमिलालगायतका प्राकृतिक, जङ्गली जनावर, चराचुरुङ्गीले नोक्सान गर्ने गरेको छ ।

यहाँको तोगी गाउँमा ३८ घर छन् । दुई घरबाहेक ३६ घरमा धेरै थोरै मौरीका घार सबैकोमा रहेका छन् । मह र मौरीसहितको घार बिक्री गरेर वार्षिक रु एक करोड गाउँमा भित्रिने गरेको मौरी पकेट क्षेत्र सञ्चालक समितिका सचिव गणेश खनालले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि ज्ञान केन्द्रमार्पmत दुई वर्ष अघिदेखि यस गाउँलाई मह पकेट क्षेत्र घोषणा गरेर मौरी घार विस्तारलाई तीव्रता दिइँदै आएको छ ।

सरकारले अहिलेसम्म १६ लाख व्यावसायिक मौरीपालनका लागि सो क्षेत्रमा लगानी गरिसकेको छ । सरकारबाट कृषकलाई घार वितरण, आवश्यक तालीम, अत्याधुनिक प्रविधिमा समेत सहयोग पुगेको खनालको भनाइ छ ।

मौरी चरनका लागि उपयुक्त सो स्थानलाई मौरी पकेट क्षेत्र घोषणा गरेसँगै कृषकलाई गाउँपालिकाबाट प्रतिघारमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

गाउँपालिकाले गत आव २०७६/०७७ मा सोही स्थानबाट दुई लाख मूल्य बराबरका ३६ वटा मौरीसहितका घार खरिद गरी पालिकाका विभिन्न वडाका कृषकलाई वितरण गरेको थियो ।

साझेदारी कार्यक्रमअनुसार कृषकको पनि सोही बराबरको रकम लगानी गर्ने व्यवस्था गरिएको छ । गाउँपालिकाले कृषिमा उत्पादन वृद्धिका लागि यस आवमा पनि ४० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

वि.सं.२०७७ पुस २ बिहीवार ०९:१९ मा प्रकाशित

You can share this post!

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...