back
NMB ad

स्थानीय र जिल्ला तहका शिक्षक दरबन्दी मिलान शुरु

Kumari bank ad

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ ।

जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गर्ने गरी बिहीबार १ सय ८४ दरबन्दी मिलान गरेको हो । तीमध्ये एक जिल्लाबाट अर्को जिल्ला सरुवा हुने शिक्षकको संख्या ४४ रहेको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले स्थानीय र जिल्ला तहका शिक्षक मिलान शुरू गरिएको जानकारी दिनुभयो । केन्द्रले पहिलो चरणमा हाल रिक्त रहेका दरबन्दीलाई मिलान गरिएकाले शिक्षक सरुवा हुनुपर्ने अवस्था छैन ।

गत वर्ष भदौ ४ गतेको निर्णयअनुसार जिल्लागत रूपमा उपलब्ध गराइएको प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ (५) बमोजिम स्थानीय तहगत रूपमा एकपटकका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दरबन्दी मिलान गर्ने निर्णय भएपछि केन्द्रले शिक्षक व्यवस्थापन गरेको हो ।

शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि–२०७६ को आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी मिलानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

सो आधार र मापदण्डको आधारमा स्थानीय तहहरुमा आ–आफ्नो स्थानीय तहमा दरबन्दी मिलान जारी राखेका छन् । तर, केही स्थानीय तहमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहहरुमा पठाउने गरी सम्बन्धित शिक्षा, विकास तथा समन्वय इकाइको सिफारिसको आधारमा बिहीबार मिलान गरिएको हो ।

लगत्तै केन्द्रले पहिलो चरणमा जिल्लागत र पालिकागत रूपमा प्राथमिक तहको दरबन्दी मिलान गरेको हो । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधिका आधारमा स्थानीय तहमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहमा पठाउने गरी मिलान गरिएको केन्द्रले जनाएको छ ।

सरुवा हुनेमा ५ जिल्लामा कटौती गरी ३ जिल्लामा थप भएको छ । प्राथमिक तहको जिल्लागत रूपमा काठमाडौंमा बढी भएको २, मुस्ताङमा बढी भएको ६, मनाङमा बढी भएको १, तनहुँमा १७ र पर्वतमा बढी भएको १७ दरबन्दी कटौती भएको छ ।

ती जिल्लामा बढी भएको दरबन्दीमध्ये काठमाडौंको २ दरबन्दी धादिङमा र बढी भएको बाँकी ४१ दरबन्दीमध्ये नवलपरासी सुस्ता पूर्वमा २१ र बाग्लुङमा २० दरबन्दी थप भएको छ ।

यसै गरी, जिल्लाभित्रकै एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा १ सय ४१ दरबन्दी मिलान गरिएको छ । सबैभन्दा बढी तनहुँका २७ शिक्षक छन् । गोरखामा २४, म्याग्दीमा १०, अर्घाखाँची ११, गुल्मी २५, इलाम १२, चितवन २३, रसुवा ३ र पर्वत ६ दरबन्दी एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा मिलान गरिएको छ ।

केन्द्रले यो प्रक्रियालाई निरन्तरता दिने जानकारी गराउँदै महानिर्देशक अर्यालले भन्नुभयो– ‘अब प्रक्रिया शुरू भएको छ । चालू शैक्षिक सत्रभित्र अधिकांश जिल्ला र स्थानीय तहका शिक्षक सरुवा गर्नेछौं ।’

यसअघि स्थानीय तहको शिक्षक सरुवा गर्दा स्थानीय तहलाई नै जिम्मेवारी दिनुपर्ने भन्दै उपत्यकाका मेयर फोरमले आपत्ति जनाइसकेको थियो । तर, केन्द्रले मापदण्ड बनाएर सरुवा गरेको हो ।

गत वर्ष मंसिरमा मन्त्रिपरिषद्ले दरबन्दी मिलानको निर्णय गरेको थियो । त्यसलगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत वर्ष मंसिर २५ गते शिक्षक दरबन्दी तथा राहत अनुदान कोटाको बाँडफाँड तथा पुनर्वितरण गरेको सार्वजनिक गर्नुभएको हो ।

केन्द्रले सबै दरबन्दी हाल रिक्त रहेका अवस्थामा यसरी मिलान समायोजन हुँदा शिक्षक सरुवा हुने अवस्था नरहेको उल्लेख छ । सामुदायिक विद्यालयमा दरबन्दी मिलान नभएका कारण कक्षा सञ्चालन गर्न समस्या पर्दै आएको थियो । ‘धेरै गुनासो आएपछि मन्त्रालयको सहमतिमा केन्द्र सरुवा गरेको हो ।’ –महानिर्देशक अर्यालले भन्नुभयो । -नेपाल समाचार पत्रबाट

वि.सं.२०७७ पुस ३ शुक्रवार ०८:३४ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल,...

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:३१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ वैशाख : पश्चिम नवलपरासीमा रहेको...

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...