back
NMB ad

बागमती प्रदेशद्वारा लालपुर्जा वितरणका लागि २८ वटा स्थानीय तहसँग सम्झौता

Kumari bank ad

चितवन । भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि बागमती प्रदेशका २८ वटा स्थानीय तहसँग सम्झौता गरेको छ ।

लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले ती स्थानीय तहसँग हेटौँडामा सम्झौता गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितिमा भएको कार्यक्रममा सोही प्रदेशका २८ वटा पालिकासँग सम्झौता गरेको थियो ।

बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका र मकवानपुरको बागमती गाउँपालिकासँग यस अघि काठमाडौँमै सम्झौता गरिसकेको थियो ।

भूमिहीन,दलित,सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गरेकाहरूको पहिला तथ्याङ्क पठाएको आधारमा ती स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

सम्झौता भएका स्थानीय पालिकामा चितवनको भरतपुर महानगरपालिका ,खैरहनी नगरपालिका ,कालिका नगरपालिका ,राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका , मनहरी गाउँपालिका,बकैया गाउँपालिका र मकवानपुर गढी गाउँपालिका,सिन्धुलीको कमलामाई नगरपालिका ,दुधौली नगरपालिका ,घ्याङलेख गाउँपालिका,हरिहरपुरगढी गाउँपालिका,गोलन्जोर गाउँपालिका,ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकासंग आयोगले सम्झौता गरेको हो ।

यसैगरी रामेछापको खांडादेवी गाउँपालिका र सुनापाती गाउँपालिका ,धादिङको ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका,सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका,जुगल गाउँपालिका र मेलम्ची नगरपालिका , काभ्रेको रोशी गाउँपालिका,बेथान्चोक गाउँपालिका,तेमाल गाउँपालिका र नुवाकोटको तार्केश्वर गाउँपालिकासँग सम्झौता गरेको आयोग अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

सम्झौता पत्रमा आयोगका तर्फबाट आयोगका उपसचिव वसन्त प्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा आयोग र स्थानीय तहले गर्ने कामहरू उल्लेख गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहले सुकुम्वासी ,अव्यवस्थित ,दलित र भूमिहीनलाई लालपुर्जा दिलाउने कामलाई प्राथमिकता दिन आग्रह गरे । बाटोघाटो निरन्तर बन्ने प्रक्रिया हो मुख्यमन्त्री पौडेलले भने – जनताले अनुभूति हुने गरी काम गर्न लालपुर्जा वितरणको कामले प्राथमिकता पाउनु पर्छ ।

प्रदेशका भौतिक योजनामन्त्री रामेश्वर फुयाँलले वर्तमान दुई तिहाईको सरकारले लालपुर्जा वितरण नगरे कहिले समस्या समाधान नहुने तर्क गर्दै जसरी पनि यो सरकारले काम गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले गणतन्त्रको अनुभूति दिलाउन इमानदार भएर लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्नु पर्ने बताउनुभयो ।

आयोग अध्यक्ष देवीप्रसाद ज्ञवालीले पहिलो चरणमा १ सय ८६ वटा पालिकासँग सम्झौता हुने जानकारी दिँदै असार भित्र नतिजा आउने गरी काम गर्न स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ०९:०१ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...