back
NMB ad

एक व्यक्तिको आफ्नै लगानीमा किवीको शीतभण्डारण

Kumari bank ad

इलाम । सदरमुकाम इलाममा करोडौँको शीतभण्डार त्यतिकै लडिरहेका बेला सन्दकपुर गाउँपालिकाका एक व्यक्तिले आफ्नै लगानीमा शीतभण्डार निर्माण गरेका छन् ।

साथीभाइको सहयोग र आफ्नै सीपमा किवी किसान तारामणि खतिवडाले शीतभण्डार बनाएका हुन् । खतिवडाले किवीकै भण्डारणका लागि भवन बनाएका हुन् । आफ्नै बारीमा बनेको शीतभण्डारका लागि करिब एक महिना समय बनाउन लागेको खतिवडाको भनाइ छ ।

रु तीन लाखमा निर्माण भएको शीतभण्डारमा १० हजार किलो किवी भण्डारण गर्न सकिन्छ । “आफूले सिकेकै सीपबाट मैले ‘कोल्डस्टोर’ बनाएको हूँ”, खतिवडाले भने, “कोल्डस्टोर बनाऊँ भनेर धेरैतरि चहारेँ तर कसैले नसुनेपछि पहिले विदेशमा सिकेको सीपले आफैँ बनाएको हूँ ।”गत वर्ष यो शीतभण्डारमा तीन हजार किलो भण्डार गरेको र यस वर्ष यसको क्षमता बढाएर १० हजार किलो किवी भण्डारण गर्ने बनाएको खतिवडाले बनाए ।

स्थानीय स्रोतसाधन नै प्रयोग गरेर बनाइएको भण्डारमा छ महिनासम्म किवी भण्डार गर्न सकिने खतिवडाको जिकर छ । “तापक्रम मिलाएर राख्न सक्दा लामो समय रहन्छ”, खतिवडाले भने, “यसमा म ९९ प्रतिशत सफल भएँ, यो साल पनि सफल नै हुन्छु भन्ने छ ।”

वि.सं.२०७७ पुस ६ सोमवार ०८:४९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...