back
NMB ad

नदीजन्य पदार्थ उत्खननमा निगरानी बढाइने

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा कार्यालयले महाकाली नदीबाट नदीजन्य पदार्थको उत्खननमा निगरानी बढाउने भएको छ ।

वाफर नेपालले सञ्चालन पानी परियोजना अन्तर्गत सञ्चालन गरेको दिगो उत्खनन अभ्यासका लागि स्थानीय सरकारलाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा कार्यालयमा गरिएको बैठक तथा छलफलबाट निगरानी गर्ने निर्णय गरिएको छ ।

वडा अध्यक्ष लाल बहादुर शाहीले महाकाली नदीमा आइइई गरी नदीजन्य पदार्थ उत्खनन गरिए पनि त्यसलाई व्यवस्थित बनाउन आवश्यक भएकाले त्यसका लागि निगरानी बढाइने बताउनु भएको छ ।

नदीबाट मापदण्ड विपरीत उत्खनन हुने गरेकाले त्यसको नियन्त्रणका लागि परियोजना अन्तर्गतका समूहसित समन्वयमा निगरानी गरिने अध्यक्ष शाहीको भनाई छ ।

उहाँले महाकाली नदीमा कञ्चनपुरसहित बाहिर जिल्लाका बासिन्दा समेत नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न भएकाले उनीहरूको स्वास्थ्य जाँच सहित सामाग्रीको समान मूल्य तोकिनु पर्नेमा जोड दिनु भयो ।

बैठकले रामघाट माछा संरक्षण समूहलाई माछा संरक्षणका लागि निरन्तर परिचालन गर्न पर्ने निर्णय गरेको छ । पानी परियोजना अन्तर्गत गठन गरिएको समूहमा स्थानीय रामु सुनार समूहका संयोजक छन् ।

परियोजनाले मत्छवार समुदायको जीवन यापन सहित माछाहरूको वासस्थान, माछा संरक्षण, नदीजन्य पदार्थको व्यवस्थित उत्खननलाई प्राथमिकता दिएको परियोजनाका फिल्ड संयोजक शारदा जोशीले बताइन् ।

महाकाली नदीमा माछा संरक्षणका लागि नियमित पानी प्रवाह हुनु पर्ने आवश्यकता देखिएको बैठकमा छलफल गरिएको छ । भारतले शारदा ब्यारेज आफू खुसी सञ्चालन गर्दा नियमित पानी नआएर माछा संरक्षणमा असहज बन्न पुगेको छ ।

महाकाली नदीमा पानीको अनियमित प्रवाहले माछा पाइन छाडेपछि सुनाहा समुदायले माछा मार्न छाडेका छन् । वडा कार्यालयले गत वर्ष उनीहरूका लागि पोखरी बनाएर माछा पालन कार्यक्रम ल्याएको थियो । बैठकबाट नदीजन्य पदार्थ उत्खननका लागि वडा कार्यालयबाट अनुगमन समेत गरिने निर्णय गरिएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...