back
NMB ad

तयारी छाला निकासी स्वाट्टै घट्यो

Kumari bank ad

विराटनगर । छालाको माग नआएपछि पूर्वी नाकाबाट हुने तयारी छाला निर्यात घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा रू १० करोड ९१ लाख मूल्यबराबरको २४ लाख वर्गफिट तयारी छाला प्रदेश १ का तीन उद्योगले भारत चीनलगायत यूरोपेली मुलुकमा निकासी गरेका थिए । तर, कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण उद्योगले यो वर्ष तयारी छाला यूरोप र चीन पठाउन सकेका छैनन् ।

चालू आर्थिक वर्षको ५ महीनामा रू। ५४ लाख ९५ हजार मूल्य बराबरको १ लाख ६० हजार वर्गफिट छाला भारत निकासी भएको छ । चीनबाट व्यापारीहरू नआएकाले त्यसतर्फ निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । त्यस्तै यूरोपेली मुलुकतर्फ पनि माग नआएका कारण निकासी गर्न सकिएको छैन ।

आव २०७५र७६ मा विराटनगर भन्सार कार्यालयबाट २८ करोड ७८ लाख बराबरको ५ लाख ७८ हजार वर्गफिट छाला निकासी भएको थियो । अहिले त्यसको आधा पनि निर्यात गर्न नसकेको बताइन्छ, नेपालबाट ११ ओटा छाला उद्योगले काँचो छाला पेलेर तयारी गरेको छाला रसिया, टर्की, इटाली, ल्याटिन अमेरिका, चीन र भारततर्फ निकासी गर्दै आएका छन् । प्रदेश १ मा रहेका तीनओटा उद्योग र वीरगञ्जमा रहेका अन्य आठओटा छाला उद्योगले तयारी छाला निर्यात गर्दै आएका छन् ।

नेपाल छाला उद्योग संघका उपाध्यक्ष तथा युनाइटेड टेरेनिजका सञ्चालक परवेज अख्तरले बन्दाबन्दी खुलेपछि मुश्किलले १० प्रतिशत तयारी छाला भारत निकासी भएको बताए ।

नेपालबाट निकासी हुने छाला ५० प्रतिशत यूरोप र बाँकी ५० प्रतिशत भारत र चीन निकासी हुँदै आएको उनले जानकारी दिए । उनको उद्योगले मात्र ३ वर्ष अघिसम्म २० लाख वर्गफिट तयारी छाला निर्यात गर्दै आएको थियो ।

छालाको निकासी शून्यमा झरेपछि उनले हातले बनाएर छालाका जुत्ता उत्पादन गरी बजारमा पु¥याउन थालेका छन् । उनले विराटनगरको सेन्टरमलमा तयारी जुत्ताको शोरूम समेत खोलेका छन् । छालाको निकासी नभएपछि फुर्सदलाई सदुपयोग र कामदारलाई काम दिनका लागि पनि जुत्ता बनाउन थालेको उनले बताए ।

पछिल्लो समय रेक्सोनका जुत्ताले बजार लिइरहेको बेला ओरजिनल छालाको जुत्ताका पारखीका लागि आपूmले जुत्ता निर्माण गरेको उनको भनाइ रहेको आजको आर्थिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:२६ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...