back
NMB ad

तीन बैंकसहित नेप्सेमा यी ४ कम्पनीको मूल्य समायोजन, कुनले कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार चार ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६८१, प्रभु बैंकको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३४१, नेपाल बंगलादेश बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २५० र आरएसडिसी लघुवित्तको ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५८१ तोकेको छ ।

नेप्सेले एभरेष्ट बैंकको आधारमूल्य रू. ७१५, प्रभु बैंकको ३७५, नेपाल बंगलादेश बैंकको २६५ र आरएसडिसी लघुवित्तको ६३३ लिएको हो ।एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न पुस २७ गते केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

त्यस्तै, प्रभु बैंकले गत आवको मुनाफबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा बैंकको केन्द्रिय कार्यालय बबरमहलमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ ।

नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ः३० बजेबाट शुरु हुनेछ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:४७ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...