काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला सात सय रुपैयाँले उकालो लागेको छ ।
आज भाउ बढेर छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ पुस १३ सोमवार ११:३७ मा प्रकाशित