back
NMB ad

मकवानपुरमा पुनर्निर्माणको काम सन्तोषजनक : खुलाल

Kumari bank ad

बिश्व अधिकारी, मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुर जिल्लामा पुनर्निर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको ५ बर्ष पुरा भएको अवसरमा आज हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै प्रमुख खुलालले जिल्लामा सबैको सहयोग र समन्वयमा काम सन्तोषजनक भएको बताउनुभयो ।

प्रमुख खुलालले २०७२ सालको बिनासकारी भुकुम्प पछि जिल्लामा निजि आवास, विद्यालय सञ्रचनालगायतको पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभयो ।

सुरु–सुरुमा केहि समस्या जस्तो देखिए पनि समग्रमा सबैको सहयोग र समन्यवमा काममा उपलब्धी हासिल गर्न सकिएको बताउनुभयो । उहाँले जिल्लामा अब बाँकी रहेका पुनर्निमाणको काम सकारात्मक रुपमा लागेर समयमै सम्पन्न गर्नुपर्ने समेत बताउनुभयो ।

प्रमुख खुलालले पुनर्निर्माणको काममा मकवानपुर जिल्ला अन्य जिल्लाको तुलनामा अघि रहेको भन्दै अब भुकुम्प भनेर मात्र बस्नु नहुने र यसबाट मुक्त हुदै बाँकी रहेको पुनर्निर्माणको कामहरु सकेर अघि वढनुपर्ने बताउनुभयो ।

उहाँले बाँकी रहेको काममा ३ वटै तहका सरकारको समवन्यमा समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुरुकै अवस्था देखि पुनर्निर्माणको काममा आफुले आवश्यक समवन्य गर्दै आएको भन्दै सम्पन्न गर्नका लागि थप सहयोग र समवन्यको लागी तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रममा भुकुम्प पुनर्मिाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन, शिक्षा र भवन कार्यालयद्धारा हालसम्मको पुननिर्माणको प्रगति विवरण सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन कार्यालयका प्रमुख विमल किशोर केपिले हालसम्म पहिचान भएका पुननिर्माण लाभगाह्री संस्या ३४ हजार एक सय ८८ घर मध्ये ३२ हजार ८ सय ५ अर्थात ९३ प्रतिशतले सम्झौता गरेको, ७८ प्रतिशतले दोस्रो र ६५ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेको जानकारी दिनुभयो ।

उहाँले हालसम्म २२ हजार एक सय ५ जनाको निजि आवास पुननिर्माण सम्पन्न भईसकेको जानकारी दिनुभयो । जिल्लामा जोखिमयुक्त बस्तिमा परेका २६ जना मध्ये २२ जनालाई अन्यत्र स्थानान्तरण गरिएको साथै ६ सय २७ लाभगाह्री जोखीम बर्गमा परेको, ५ हजार ५ सय ७५ जनालाई साबिकै स्थानमा घर निमार्ण गर्न स्वीकृत प्रदान गरिएको, र हालसम्म ६१ भूमिहिन लाभग्राहीले अन्यत्र जग्गा खरिद गरेको जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख प्रमुख बद्री बहादुर पाठकले विद्यालय व्यवस्थापन समिति मार्फत आर्थिक वर्ष २०७३/०७५४ देखि आर्थिक वर्ष २०७५/०७६ को दोश्रो चरणसम्म जिल्लामा प्राप्त २ सय ५२ विद्यालय भवनको ७९३ कक्षाकोठा मध्ये हालसम्म २५१ भवनको ७८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भईसकेको जानकारी दिनुभयो ।

यसैगरी जाईकाको ऋणबाट निर्माण हुदै गरेका जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २७८ कक्षाकोठा निर्माण सम्पन्न भईसकेर हस्तान्तरण भैसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो ।

यसैगरी एसियाली विकास बैकको नमूना विद्यालय तर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको साथै ३ वटा विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले आर्थिक वर्ष २०७६/०७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २१७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण कार्य अगाडि बढेको समेत जानकारी दिनुभयो ।

उहाँले हालसम्म कूल ३०४ विद्यालयको १२२६ कक्षाकोठा निर्माण सम्पन्न भइ प्रयोगमा आएको र जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका १३२ कक्षाकोठा निर्माणका लागि टेण्डरको प्रक्रिया अगाडि बढेको, साथै एसियाली विकास बैकको ऋण सहयोगमा तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई भवनका तर्फबाट ईन्जिनीयर रविन पाठकले भवन निर्माणको प्रगतिका बारेमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७७ पुस १३ सोमवार ११:३३ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...