back
NMB ad

यति धेरै संख्यामा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर !

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पाँचौँ तहमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले एक हजार १५२ कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको छ ।

बागमती प्रदेशका चारवटा मन्त्रालय र विभिन्न जिल्लाका ६२ स्थानीय तहमा रिक्त रहेका स्थानमा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय तथा ६२ स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार आयोगले आन्तरिक तथा बाह्य जनशक्तिमार्फत रिक्त दरबन्दी परिपूर्ति गर्न लागेको हो ।

पाँचौ तहका लागि खुल्लामार्फत ५३८, ज्येष्ठतातर्फ ४०७, कार्यक्षमतामार्फत १९६, आन्तरिक प्रतियोगितातर्फ नौ र कार्यसम्पादनमार्फत दुई जनाको पदपूर्ति गरिने उनले जानकारी दिए ।

यसअघि पहिलो पटक चौंथो तहका ४६९ कर्मचारी माग गरेको आयोगले दोस्रो पटक ठूलो सङ्ख्यामा कर्मचारी पदपूर्ति गर्न लागेको हो । यसअघि प्रदेश सरकार र स्थानीय तहको माग फारामका आधारमा चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले गत मङ्सिर आठ गतेको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरेको थियो ।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा ३६ र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाबाट ३६ गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूर्ति गर्ने तथा खुलातर्फ ३८८ सहित महिला, आदिवासी जनजाति, मधेशी, दलित तथा अपाङ्गता भएकासमेत रहने गरी चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि गरिएको विज्ञापन कार्यान्वयनको क्रममा रहेको जनाइएको छ ।

वि.सं.२०७७ पुस १५ बुधवार ११:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...