back
NMB ad

कुनै पनि संघ, संस्थामाथि विभेद हुुन नदिने सञ्चार मन्त्री गुरुङको प्रतिवद्धता

Kumari bank ad

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार माध्यामहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यामहरुलाई आग्रह समेत गर्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पदाधिकारीसँग आईतबार सिंहदरबारमा भएको सामूहिक भेटमा उहाँले बदलिँदो राजनीतिक परिवेशप्रति संकेत गर्दै समाजलाई निराश, द्धन्द्ध र अराजकतातर्फ जान नदिन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘मुलुकमा धेरै सम्भावनाहरु छन, ती सम्भावनाहरुप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन् द्धन्द्ध होइन् अराजकता होइन् नयाँ आशा जगाउने काममा सञ्चार माध्यामहरुले प्रेरित गर्नु पर्दछ ।’ समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यवसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्री गुरुङको भनाई छ ।

मन्त्री गुरुङले कुनै पनि संघ, संस्थामाथि विभेद हुुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । भेटमा फोनिजले मन्त्रालयले दिँदै आएको अनुुदान सहायता कटौति नगर्न, सरकारी सञ्चार माध्यामको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनुपर्ने लगायतका ११ बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापन पत्र बुुझाएको थियो ।

सो ज्ञापन पत्र बुुझ्दै उहाँले राज्य सबैको साझा भएको उल्लेख गर्दै कुनै पनि खालको विभेद हुन नदिने बताउनु भएको हो । कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, इन्डिजिनियस कम्युनिटी नेटवर्कका अध्यक्ष जगत दोङ, मन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ पुस १९ आइतवार १६:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...