back
NMB ad

चेपाङ गाउँमा सडक : हट्यो घन्टौंसम्म हिँड्नुपर्ने बाध्यता

Kumari bank ad

चितवन । ईच्छाकामना–२ हपनीका शेरबहादुर चेपाङ हिजो (आइतवार) निकै खुशी देखिन्थे ।

गाउँमा मोटरबाटो पुगेपछि शेरबहादुर खुशी भएका हुन् । खुशी हुदैँ उनले भने ,“अब घन्टौं सम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज भएको छ ।”

लामो समयको प्रयासपछि गाउँपालिकाको विकट स्थानमा रहेको चेपाङबस्ती हपनी गाउँबाट शक्तिखोर–फिस्लिङ सडकखण्ड अन्तर्गत सोही वडाको वर्लेङमा मोटरबाटो जोडिएपछि गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आइतवार उद्घाटन गरेकि छिन् ।

अध्यक्ष गुरुङले लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक खोल्ने काम पूरा भएको बताइन् । उनले भनिन्, “लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ, यहाँको बासिन्दाले भोग्नुपरेको एउटा समस्याको सामाधान भएको छ ।” उनले गाउँमा सडक पुगेसँगै आयआर्जनका लागि कृषिकर्मममा ध्यान दिन स्थानीयवासीलाई आग्रह गरिन् ।

अधिकांश चेपाङ समुदाय रहेको यस भेगमा गाउँपालिकाले व्यवसायी कृषिका लागि यसअघि उन्नत जातको बीउबिजन वितरणका साथै र तालीम प्रदान गरेको भन्दै थप सहयोग गर्ने प्रतिवद्धता उनले जनाइन् ।

वडा नं २ मा बिजुली बत्तीका लागि गाउँपालिकाले ६७ लाख बजेट विनियोजन गरिएको समेत उनले बताइन् । वडाध्यक्ष पञ्चबहादुर चेपाङले अब यहाँका जनताले उत्पादन गरेको तरकारी बजारसम्म लैजान सहज हुने बताए ।

वडा नं २ को धेरैजसो टोलटोलमा सडक सञ्जालले जोडिसकेको उनको भनाइ थियो । सडक जोडिएसँगै माथिल्लो काउले, भोटो गाउँ, तोवाङ, हपनीलगायत ११ गाउँका स्थानीयलाई सहज भएको छ । वडाले चेपाङ समुदायको लागि आयआर्जनका कार्यक्रम ल्याउने बताइएको छ ।

गाउँपालिकाको ८५ लाख र केन्द्र सरकारको १५ लाख गरी एक करोडको लगानीमा उक्त सडकको नयाँ ट्र्याक खुल्ने काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । भविष्यमा यो क्षेत्रका लागि मुख्य मेरुदण्ड हुने शक्तिखोर–फिस्लिङ सडकमा सबै टोलबाट जोडिने गरी बाँकी सडक निर्माण गर्नुपर्ने उनले बताए ।

अहिले एशियाली विकास बैँक एडिबीको अनुदान सहयोगमा शक्तिखोर–फिस्लिङ सडकको कालोपत्रसहित स्तरोन्नतिको काम भइरहेको छ । चितवनको कालिका नगरपालिकाबाट इच्छाकामनाको फिस्लिङस्थित पृथ्वीराजमार्गमा जोडिएको उक्त सडकबाट ईच्छाकामनाको विकट वडा १, २, ३ का स्थानीय लाभान्वित हुनेछन् ।

वि.सं.२०७७ पुस २० सोमवार १२:४८ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...