back
NMB ad

मौलाउँदै रिठ्ठा खेती

Kumari bank ad

उदयपुर । विगतमा पहाडी क्षेत्रमा कतैकतै फाटफुट्ट मात्र रिठ्ठा उत्पादन हुने गरेको भए पनि केही वर्ष यता जिल्लाको पहाडी क्षेत्रमा रिठ्ठा उत्पादनमा वृद्धि हुन थालेको छ ।

जिल्लाको मध्यपहाडी क्षेत्रका उदयपुर गढी गाउँपालिका र रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी नगरपालिकाको सावा सिद्धीपुरमा व्यावसायिक रूपमा रिठ्ठाखेतीको हुँदै गएको हो ।

त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास अँधेरी क्षेत्रमा व्यावसायिक रिठ्ठा खेती विस्तार हुँदै गएको कृषक बताउँछन् । नगदे बालीको रूपमा विक्री गर्न सकिने र सहज तरिकाले रिठ्ठा विक्री गरेर आर्थिक आम्दानी लिन सकिने भएपछि उदयपुर गढीको भलायाडा, डुम्रेसहित रौतामाईको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिक रूपमा रिठ्ठाखेतीमा वृद्धि हुँदै गएको उदयपुर गढी गाउँपालिका–२ भलायडाँडाका रत्नबहादुर अधिकारीले बताए ।

रौतामाई–५ आँपटारका रिठ्ठा उत्पादक कृषक अम्बर राईका अनुसार विगतमा केही एकदुई बोट मात्र रिठ्ठा लगाएको भए पनि राम्रो आम्दानी हुन थालेपछि आफूले व्यावसायिक खेती गर्न थालिएको हो । रिठ्ठा उत्पादनमा वृद्धि गरेर पाँच वर्षदेखि आफूले वार्षिक दुई लाखभन्दा आम्दानी गर्न थालेको राईले जानकारी दिए ।

१५ वर्षअघि आफ्नो घरपाखाको जग्गामा रिठ्ठाको बिरुवा लगाएर हुर्काएपछि रौतामाइ मुर्कचिका व्यावसायिक कृषक हर्कबहादुर मगरले दुई वर्षदेखि यता आएर रिठ्ठा उत्पादन गर्न थालेको र अहिले वार्षिक रूपमा अढाई लाखसम्म आम्दानी गर्न सफल भएको मगरले बताए ।

रिठ्ठाको बजार राम्रो रहेको र अहिले प्रतिकेजी ५० देखि ६० रुपियाँसम्म मूल्य पर्छ ।गाउँघरका कृषक व्यावसायिक रूपमा रिठ्ठा खेतीप्रति वर्षेनी आकर्षित हुँदै जान थालेको उनले बताए ।

आफूले गाउँमा व्यावसायिक रिठ्ठा खेती शुरु गरेपछी छिमेकका १० घर गाउँलेले पनि शुरु गरेको छ ।

यता जिल्लाका कृषकले चौदण्डी नगरपालिकाको सावा सिद्धीपुर क्षेत्रमा व्यापक रूपमा व्यावसायिक रिठ्ठा खेती शुरु भएको र कृषकले वार्षिक ५० हजारदेखि डेढ लाख रुपियाँम्मको रिठ्ठा उत्पादन गरेर विक्री गर्न शुरु गरेका छन् ।

वि.सं.२०७७ पुस २२ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...