back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले दिने भयो बिना धितो १५ लाखसम्म ऋण, व्याजदर कति ?

Kumari bank ad

काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।

 

निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीहरुले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता गरिएको हो। सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

तलबी बचत खाता संचालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा बिना धितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि ३ वर्षभन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाहसम्बन्धी विधि बैंकले तोके बमोजिम हुनेछ।

निमगको सिफारिसमा सरल कर्जा १५ लाखसम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैंकलाई उपलब्ध गराइनेछ।

कर्जाको व्याजदर हाललाई आधारदर ५.७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहनेछ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १७:२४ मा प्रकाशित

You can share this post!

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...