back
NMB ad

नेपाल सरकारका नवनियुक्त उपसचिवहरूलाइ अभिमुखिकरण प्रशिक्षण शुभारम्भ

Kumari bank ad

पराजन के.सी.

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा नेपाल सरकारका नवनियुक्त उपसचिवहरूलाइ एक हप्ताको अभिमुखिकरण प्रशिक्षण कार्यक्रम माननिय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननिय मन्त्रि तथा सचिवज्यूको उपस्थितिमा २०७७ माघ १८ गते शुभारम्भ गरियो ।

स्वागत मन्तव्य तथा अभिमुखिकरण प्रशिक्षण कार्यक्रमको संक्षिप्त जानकारी दिँदै प्रतिष्ठानका उपकार्यकारी निर्देशक श्री नारायण गोपाल मलेगोले सार्वजनिक क्षेत्रको क्षमता विकाशमा प्रतिष्ठानले बिगत ४ दशक देखि प्रशिक्षण, अनुसन्धान र परामर्शको माध्ययमबाट अग्रणि भुमिका निर्वाह गर्दै आएको बताउनुभयो र लोकसेवाको प्रतिष्पर्धात्मक परिक्षाबाट उपसचिव पदमा नियुक्त हुनुभएकोमा सबैमा बधाइ दिँदै यो प्रशिक्षणमा रचनात्मक सकृयता रहोस् भन्दै स्वागत ब्यक्त गर्नुभयो ।

 

नवनियुक्त उपसचिवहरूलाइ मार्गनिर्देशन सहितको शुभकामना मन्तव्य राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री एकनारायण अर्यालले सबैलाइ बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो त्यसैगरी मन्त्रालयको अनुरोध स्वीकार गरेर यो प्रशिक्षण कार्यक्रम शुरूवात गर्नुभएकोमा प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत प्रतिष्ठान परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मन्तव्यकै क्रममा हामीमा ज्ञानको कमि नरहेको, अन्तर्राष्ट्रिय अभ्यासहरूको ज्ञानको कमी नरहेको तर सेवा प्रवाहमा कहिँ ग्याप रहेको देखिन्छ भन्दै त्यो ग्यापलाइ कम गर्ने वा हटाउने चुनौती हामीसँग रहेको भन्दै त्यो ग्याप फेस गर्न यो प्रशिक्षण उपयोगी हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।

 

शुभारम्भ तथा मार्गनिर्देशन सहितको मन्तव्य राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननिय मन्त्रि गणेश सिंह ठगुन्नाले नवनियुक्त उपसचिवहरूको काँधमा महत्वपुर्ण जिम्मेवारी रहने बताउँदै हामी सबैको एउटै लक्ष्य राष्ट्र र नागरीकको सेवा गर्दै समृध्द नेपाल बनाउने हुनुपर्छ भन्ने बताउनुभयो । साथै हामीले गरेको काम अनुसारनै हाम्रो मूल्याकंन हुने बताउँदै संबिधान र कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरूको पालना गराउने महत्वपूर्ण भूमिका तपाइहरूको रहेको बताउनुभयो । उहाँले हाम्रो देश एउटै छ र नेपाल सरकार मातहतनै प्रदेश सरकार र स्थानीय तहहरू रहेका छन् भन्ने बताउँदै संघीय नीति, ऐन, कानून अन्तर्गतनै प्रदेश र स्थानीय तहका नीति, ऐन, कानून निर्माण हुने भएकाले कुनै भ्रम रहनु हुँदैन भन्ने बताउनुभयो ।

 

शुभारम्भ कार्यक्रमको समापन मन्तव्य राख्दै प्रतिष्ठानका कार्यकारी निर्देशक डा। राजन खनालले कार्यक्षेत्रमा गएपिछ गर्नुपर्ने महत्वपूर्ण कार्यहरू, गर्नुपर्ने निर्णयहरू तथा सदाचारका बोटलनेक तथा खरिदका लागि अपरिहार्य विषयबस्तुहरूको छलफल समावेश गरेर यो प्रशिक्षण कार्यक्रम निर्माण गरिएको बताउनुभयो । कानून निर्माणको कार्य निर्वाचित प्रतिनिधिहरूले गरे पनि यसको कार्यान्वयनको अधिकार कर्मचारीतन्त्रलाइ मात्र रहेको बताउँदै हाम्रो गरिमा हामी कार्यरत संस्थाको गरिमासँग जोडिएकाले यस्तो गरिमा राख्न अपरिहार्य विषयवस्तुहरू यस प्रशिक्षण कार्यक्रममा समावेश गरिएको बताउनुभयो । हामीले हाम्रो गरिमा राख्दै, नागरिकहरूको आकांक्षाहरू सम्बोधन गर्दै सूचनाप्रविधिको प्रयोग र संवोधन सेवा प्रवाहमा गर्नुपर्छ भन्ने बताउनुभयो ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ २० मंगलवार १२:३१ मा प्रकाशित

You can share this post!

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...