back
NMB ad

उद्यमशीलताको विकास र विस्तारका लागि राज्य-निजी क्षेत्रबीच साझेदारी आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्यमहासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यक रहेको बताउनु भएको छ ।

 

मंगलबार मेची उद्योग वाणिज्य संघको १७औँ वार्षिक तथा साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको वातावरण बनाइदिने हो भने र निजीक्षेत्रलाई बिना लगानीको पार्टनरको रुपमा स्वीका गर्ने हो भने मुलुकको विकास तथा समृद्धिको सपनालाई साकार पार्न धेरै समय नलाग्ने बताउनुभयो । मलेसियामा भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्य हुन सकेमा नेपालमा पनि हामीले चाहेको आर्थिक विकास र समृद्धिको सम्भावना रहेको बताउनुभयो ।

 

“केही वर्ष अगाडि मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद नेपाल आउनुभएकोथियो। त्यसबेला मैले उहाँलाई काठमाडौका केही स्थानहरु घुमाउने अवसर पाएको थिए । त्यसबेला मैले उहाँलाई सोधेकोथिए-प्रधानमन्त्रीज्यू, यतिछिटो समयभित्र मलेसियाले गरेको विकासको रहस्य केहो भनेर । उहाँले भनेको मैले अहिले पनि निकै सम्झिइरहेको छु । उहाँले भन्नुभएको थियो राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन,” उहाँले भन्नुभयो ।

 

वास्तवमै यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउनसक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्वसंकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिनसक्छ, उहाँलेभन्नुभयो ।

 

अहिले नेपालमा पनि धेरै स्थानीयतहमा लगानीको लागि एकप्रकारको प्रतिष्पर्धा हुने गरेको बताउँदै उहाँले रोजगारी सृजना गर्न, राजश्व संकलन गर्न तथा भौतिक पूर्वाधार निर्माणमा राज्य–निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्दा धेरै कुराहरु गर्न सकिने बताउनुभयो ।
नीजि क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उहाँले निजीक्षेत्र व्यवसायिक मात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरुका हक हितका विषयवस्तुहरु, नीति निर्माण मागरि नेपैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नु परेका समस्या र त्यसको समाधान, तथा नेपालमा वैदेशिक लगानी भित्र्याउन वातावरणका निर्माण जस्ता विषयमा आफू निरन्तर क्रियाशिल रहने बताउनुभएको छ ।

वि.सं.२०७७ माघ २८ बुधवार १०:४३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...