back
NMB ad

११ वटा फर्मबाट सवा ९१ करोड राजस्व छली, लेखा परीक्षण सहित १३ जना विरुद्ध मुद्दा दायर

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले ११ वटा फर्म मार्फत राजस्व छली गर्ने १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी ११ वटा फर्मको बैक खाता संचालन गर्ने सर्लाही जिल्ला बलरा नगरपालिका-०७ सुवोध साह सहित १० जना उक्त कामका तीन जना मतियारसहित १३ जना विरुद्ध मुद्दा दायर भएको हो ।

 

विभागका अनुसार उनीहरुबाट ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । विभागले साह सहित एसविके इन्टरनेशनल, डाइनामिक ईन्टरनेश्नल ट्रेड प्रा.लि., एन एस एक्टिभ ईन्टरनेश्नल प्रा.लि, क्राउन इन्टरनेशनल सप्लायर्स प्रा.लि, मनरेगा सप्लायर्स, यूनियन इम्पेक्स, मेगा राईज ईन्टरनेश्नल ट्रेड प्रा.लि, सन साईन प्रोलिंक ट्रेड प्रा.लि, सि बि एस ईन्टरनेशनल सप्लायर्स प्रा.लि, टिटानियम सप्लायर्स प्रा.लि र रेन्बो एक्टिभ सप्लायर्स प्रा.लिका संचालकहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

 

झुट्टा तथा नक्कली विजकको मुख्य कारोवारी, सबै फर्मको बैंक खाता संचालक प्रतिवादी सुवोध साह समेतले कर विजकको कारोवार गर्ने प्रतिवादीहरु सुरेन्द्र सहनी, सरोज कुमार मिश्र, कलिम अंसारी, अवधेश पटेल, सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनी समेतको मिलेमतोमा उक्त फर्म खडा गरि वस्तु तथा सेवा खरिद नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ ।

सबैजना विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित एंव सोही ऐनको दफा ४ को खण्ड क, ख र छ बमोजिम कसुर गरी सोही ऐनको दफा २(छ १) बमोजिम ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी गरि उच्च अदालत पाटनमा मुद्दा दायर भएको विभागको भनाइ छ ।

यो कर छलिमा लेखा परीक्षक समेत जोडिएका छन् । लेखा परीक्षण प्रतिवेदन तयार तथा लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षकहरु कृष्ण प्रसाद घिमिरे, दीपक निरौला र दीपक कुमार कोइराला रहेका छन् । उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को साविक दफा २३(२) एवं हाल संशोधित दफा २३(३) बमोजिम मुख्य प्रतिवादीहरुलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई अदालतमा मुद्दा दायर गरिएको छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १८:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...