back
NMB ad

व्यवसाय विस्तारमा आक्रमक बन्दै जीवन बीमा कम्पनीः पुरानालाई नयाँसँग चुनौती, ७ महिनामा साढे ७४ अर्ब बीमा शुल्क आर्जन

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय विस्तार तिब्र रुपमा भएको छ । कोरोनाको संक्रमण हटेसँगै जीवन बीमा कम्पनीको व्यवसाय तिब्र रुपमा अघि बढेको तथ्याङकले देखाएको छ । यो अवधिमा पुराना कम्पनीको तुलनामा नयाँ कम्पनीहरु व्यवसाय विस्तारमा आक्रमक रुपमा प्रस्तुत हुन थालेका छन् ।

 

चालु आवको ७ महिनामा कम्पनीहरुले ७४ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । माघ महिनामा मात्रै ११ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यो अवधिमा कम्पनीहरुले प्रथम बीमा शुल्क २५ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेका छन् । यस्तै नवीकरण शुल्क ४८ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेका छन् । वैदेशक रोजगारीतर्फ २५ करोड रुपैयाँ रहेको छ ।

 

बीमा समितिका अनुसार माघ मसान्तसम्ममा नेपाल लाइफले सबैभन्दा बढी २० अर्ब ३९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । प्रथम बीमा शुल्कको हिस्सा ५ अर्ब ५४ करोड रुपैयाँ छ रहेको छ भने नवीकरण बीमा शुल्क १४ अर्ब ८३ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमा शुल्क २ करोड रुपैयाँ संकलन गरेको छ ।

 

दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कर्पाेरेशनले १० अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रथम बीमा शुल्क २ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने नवीकरणतर्फ ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

 

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ५४ अर्ब प्रथम बीमा शुल्क, ५ अर्ब ६६ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।

 

नेशनल लाइफ इन्स्योरेन्सले ७ महिनाको अवधिमा ६ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा २ अर्ब २६ करोड रुपैयाँ प्रथम बीम शुल्क, ४ अर्ब ६५ करोड रुपैयाँ नवीकरण बीमा शुल्क र ३ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको समितिको तथ्याङकमा उल्लेख छ ।

 

यता मेट लाइफले ३ अर्ब ३ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ८१ करोड र नवीकरण बीमाशुल्क २ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

 

एसियन लाइफले माघ मसान्तसम्म ३ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ३३ करोड र नवीकरण शुल्क २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

 

सूर्य लाइफले सात महिनाको अवधिमा २ अर्ब ७५ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब ४३ करोड र नवीकरण बीमा शूल्क १ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेकोे छ ।

 

समितिका अनुसार गुँरास लाइफ इन्स्योरेन्सले ७ महिनाको अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शूल्क १ अर्ब १४ करोड र नवीकरण शूल्क १ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन रहेको छ ।

 

प्राइम लाइफले २ अर्ब ६९ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब १० करोड र नवीकरण बीमा शुल्क १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ भने वैदेशिक रोजगार तर्फ २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

यस्तै आईएमई लाइफ इस्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ७४ करोड रुपैयाँ रहेको छ भने नवीकरण बीमा शुल्क ६९ करोड रुपैयाँ रहेको छ ।

 

बीमा समितिका अनुसार यूनियन लाइफले ३ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा १ अर्ब ९९ करोड प्रथम बीमा शुल्क, १ अर्ब ९८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क र वैदेशिक रोजगार बीमा शुल्क २ करोड रुपैयाँ आर्जन गरेको छ ।

 

ज्योति लाइफले माघ मसान्तसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ हर्ब ८ करोड र नवीकरण बीमा शुल्क ६५ करोड रुपैयाँ आर्जन गरेको छ ।

 

सन नेपाल लाइफ १ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ५५ करोड, नवीकरण बीमा शुल्क ५७ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क ९ करोड रुपैयाँ आर्जन गरेको छ । यता रिलायन्स लाइफले १ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ८८ करोड र नवीकरण बीमा शुल्क ६२ करोड रुपैयाँ रहेको छ ।

 

रिलायबल लाइफले १ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब २० करोड र नवीकरण बीमा शुल्क ४५ करोड रुपैयाँ संकलन गरेको छ । सिटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ८९ करोड प्रथम बीमा शुल्क र ७८ करोड नवीकरण बीमा शुल्क आर्जन गरेको छ । यस्तै ७ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको तथ्याङकमा उल्लेख छ ।

 

सानिमा लाइफले १ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ७२ करोड प्रथम बीमा शुल््क र ४० करोड नवीकरण बीमशुल्क आर्जन गरेको छ । प्रभु लाइफ इन्स्योरेन्सले ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ५२ करोड र नवीकरण ३० करोड रुपैयाँ रहेको छ ।

 

सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ३९ करोड नवीकरण बीमा शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको समितिको तथ्याङकले देखाएको छ ।

वि.सं.२०७७ फागुन १० सोमवार १६:०० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...