काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले बोनस शेयर तथा नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एक सूचना निकाल्दै कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।
शेयरधनीले लाभांश पाउनका लागि नेपाल राष्ट्र बैंकबाट प्रस्ताव स्वीकृती हुनुपर्ने र कम्पनीको आगामी साधारण सभाबाट पारित हुनुपर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको पूँजी २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।
वि.सं.२०७७ फागुन १६ आइतवार १३:२७ मा प्रकाशित