काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो कारोबार दिन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा खरिदविक्री भएको सुनको मूल्य आज ८७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको भाउ पनि ओरालो लागेको छ । आज प्रतितोला २० रुपैयाँले घटेर चाँदी प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको १२ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।
वि.सं.२०७७ चैत ९ सोमवार ११:५८ मा प्रकाशित