back
NMB ad

सामजिक सञ्जालमा विज्ञापन, बुष्ट वाणिज्य र विकास बैंकबाट गर्न सकिने

Kumari bank ad

काठमाडौं । विभिन्न सामाजिक सञ्जालमा विज्ञापन तथा बुष्ट गर्न नेपालका वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकबाट मिल्ने भएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गरेबापत भुक्तानीको लागि ‘क’ वर्गका बाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रिय स्टरका विकास बैंकले परिवत्र्य विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने छन् । वार्षिक अधिकतम ५ सय अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गरी विदेशी मुद्रा सटही सुविधा प्रदान गर्न सक्नेछ ।

संशोधिन व्यवस्था अनुसार परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ । कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ ।

ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५ सय वा सो बरावरको परिवत्यं विदेशी मुद्रा जम्मा गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार प्रयोगकताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन् । सो प्रयोजनका लागि कार्ड जारी भई एक्टिम भएको दिनबाट समयावधि गणना शुरु हुनेछ । नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा कार्ड प्रयोगकताले अनलाइनमार्फत विदेशवाट खरिद गन सक्नेछन ।

इजाजतपत्र प्राप्त ‘क’ वगका बैंकहरु र राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंकहरुल कुनै पनि समयमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको सीमाभन्दा बढी रकम कार्डमा जम्मा गर्न पाइने छैन ।

कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेवापत आर्जन गरेको विदेशी मुद्रा समेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ । यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था समेत गर्नुपर्नेछ । कार्डको मौज्दात ५ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्राभन्दा बढी भएको अवस्थामा सो वढी रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नु पर्नेछ ।

सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीको लागि विदेशी मुद्रा सटहीको वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र ५ सय अमेरिकी डलरको योग बराबर हुनेछ । तर, यस्तो रकम बढीमा वार्षिक ५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्ममा मात्र सीमित रहनेछ ।

प्रिपेड कार्ड जारी गदा ग्राहकबाट अन्य इजाजतपत्र प्राप्त ’क’ वर्गका बैंक र राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंकहरुवाट त्यस्तो सुविधा नलिएको स्वघोषणा अनिवार्य रुपमा लिनुपर्नेछ । खातामा रहेको रुपैयाँ खर्च हुने गरी सम्बन्धित खातावालाको नाममा एब्ल् समेत भिडाई कार्ड जारी गर्ने व्यवस्था मिलाउन पर्नेछ ।

ग्राहकले एकभन्दा बढी इजाजतपत्र प्राप्त ‘क’ वर्गका बैंक राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंकहरुबाट यस्ता सविधाको उपयोग गरेको पाइएमा त्यस्ता ग्राहकलाई विदेशी विनिमय (नियमित गर्ने ऐन, २०११ बमोजिम कारवाही हुनेछ । कार्डबाट कारोबार गर्दा सम्पत्ति शुद्धीकरण मनि निवारण ऐन, २०६४ लगायतका प्रचलित कानन, नियम, निर्देशनको पर्णतया पालना गन पर्नेछ ।

जारी गरिएको कार्डसम्बन्धी विवरण र सो कार्डबाट खर्च भएको विवरण सम्बन्धित इजाजतपत्र प्राप्त ‘क’ वर्गका बैंक र राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंकले संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभिव यस विभागमा पेश गर्नु पर्नेछ ।

प्रचलित कानून बमोजिम रकम फिर्ता गर्नुपर्ने अवस्था आएमा वा ग्राहकको अनुरोधमा कार्डमा जम्मा भएको रकम फिर्ता गर्नुपर्ने भएमा त्यस्तो रकमलाई सोही दिनको विनिमय दरको आधारमा प्रयोगकर्ताको खातामा जम्मा गरिदिनु पर्नेछ । जारी भएका कार्ड अनलाइनमार्फत वस्तु तथा सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजन वाहेक पुँजीगत कारोबारको लागि खर्च गर्न पाइने छैन । साथै, यस्ता कार्ड प्रयोग गरी एटिएमबाट नगद झिक्ने, पीओएस मार्फत कारोवार गर्ने लगायतका कारोबार गर्न नसकिने व्यवस्था मिलाउनु पर्नेछ ।

कार्ड प्रयोगकताबाट वस्तु तथा सेवा आयातबापतको खर्च भएको रकमको बील बीजक लगायत आवश्यक विवरण माग गर्न सकिनेछ र यसरी कागजात लगायतका विवरण माग भएको अवस्थामा ग्राहकले सम्बन्धित इजाजतपत्र प्राप्त ’क’ वर्गका बैंक वा राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंकलाई उपलब्ध गराउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७७ चैत ९ सोमवार १२:२८ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...