back
NMB ad

साढे १५ करोडको चाँदीका गहना निर्यात, कुन देशमा कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । नेपालबाट चाँदीका गहना निर्यात बढेको छ । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा १५ करोड ५३ लाख ५१ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको फागुनमसान्तसम्मको  तथ्याङ्कले यस्तो देखाएका हो । अहिले नेपालबाट विश्वका विभिन्न १५ देशहरुमा चाँदीका गहना निर्यात हुने गरेको छ ।

विभागका अनुसार अमेरिका, अष्टेलिया, जापान, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, नेदरल्याण्ड पोर्चुगल, सिंगापुर, स्वीट्जरल्याण्ड, टाइवान लगायतका मुलुकमा चाँदीका गहना निर्यात हुने गरेको छ ।

पछिल्लो आठ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा बढी अमेरिकामा निर्यात भएको छ । उक्त देशमा १० करोड ४४ लाख ४३ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको विभागले जनाएको छ ।

चाँदी गहना धेरै निर्यात हुने देशमध्ये दोस्रो स्थानमा रहेको अष्टे«लिय छ । उक्त देशमामा १ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यसैगरि जापानमा ९४ लाख ६९ रुपैयाँ, फ्रान्समा ६७ लाख २२ हजार, नेदरल्यान्डमा ५१ लाख ७६ हजार, स्वीट्जरल्याण्डमा ४१ लाख ५० हजार, क्यानडामा ८ लाख ६९ हजार, जर्मनीमा ५६ लाख ३६ हजार, हङकङमा २० हजार, इटलीमा १ लाख २९ हजार रुपैयाँ बराबरको चाँदी गहना निर्यात भएको छ ।

त्यसैगरि पोर्चुगलमा ४ लाख ८५ हजार, रशियनमा १५ लाख ९३ हजार, सिंगापुरमा १ लाख, बेलायतमा १८ लाख ६७ हजार र टाइवान्मा १३ लाख ४५ हजार, बेल्जियममा २ लाख ७० हजार, रुपैयाँ बराबरको चाँदीका गहना भएका छन् ।

विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गर गहना नेपालबाट निर्यात हुने गर्दछ । विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोवास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १७:२५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...