काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । बिहीवार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ ।
आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ८६ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । आज तेजावी सुनको मूल्य ८६ हजार ४५० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य भने आज पनि घटेको छ । आज प्रतितोला १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन तोलाको १२ सय ४० रुपैयाँमा खरिदविक्री भएको थियो ।
वि.सं.२०७७ चैत १२ बिहीवार ११:०० मा प्रकाशित