back
NMB ad

अब रिक्सा नै धितो राखी ऋण पाइने, मेगा बैंकले ल्यायो यस्तो सुविधा

Kumari bank ad

काठमाडौं । मेगा बैंकले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ ।

बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।

सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गर्नुभयो ।

विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो । रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ ।

अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरुलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ व्याजदरमा कर्जा उपलब्ध गराइने मेगा बैंककी सिइओ खुञ्जेलीले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १४:०१ मा प्रकाशित

You can share this post!

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४१

काठमाडौँ । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ...

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

वि.सं.२०८१ जेठ १४ सोमवार १०:२९

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त...

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...