काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकलाई ‘क्यास ब्याक अफर’ ल्याएको छ ।
दराजसगको साझेदारीमा मिति चैत २९ देखि वैशाख ७ गते सम्म बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरी १५ प्रतिशत छुट वा अधिकतम एक हजार क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरी २० प्रतिशत छुट वा अधिकतम १५ सय क्यास ब्याक प्राप्त गर्ने छन् ।
उक्त अफर शुरू हुन २ दिन बाकी रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।
नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
वि.सं.२०७७ चैत २६ बिहीवार १४:४४ मा प्रकाशित