back
NMB ad

‘ओपो एफ १९’ नेपाली बजारमा, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । ओपोले नेपाली बजारमा एफ १९ को बिक्री सुरु गरेको छ । उक्त ३३ वाट फ्ल्याश चार्ज सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री सहित नेपाली बजारमा आएको हो ।

उक्त फोनमा एमोलेड फुल एचडी प्लस पञ्च–होल डिस्प्ले रहेको छ । फोनमा लामो समयसम्म चलाउँदा पनि ल्याग हुन नदिने प्रोसेसर स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको बताइएको छ ।

६/१२८ जीबी भेरियन्टमा उपलब्ध फोनमा ४८ एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा सेटअप रहेको छ । यस अन्तर्गत २ एमपी डेप्थ क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा छ ।

१६ एमपी एआई सेल्फी क्यामेरा जडान गरिएको उक्त फोनमा भिडियो फिल्मिङ तथा एडिटिङका लागि विभिन्न फिचर पनि उपलब्ध छन् ।

उक्त फोन दुई रंगमा उपलन्ध छ । कालो र निलको रंगमा उपलब्ध रहेको फोनको मूल्य भने ३४ हजार ५ सय ९० रुपैयाँ छ ।ओपो एफ १९ ले डिजाइन र प्रविधिका क्षेत्रमा सन्तुलित परफरमेन्स दिन्छ । विशेषगरी आफ्नो क्यारियरको सुरुवाती अवस्थामा रहेका यूवावर्ग माझ यो फोन निकै लोक प्रिय हुनेमा विश्वस्त रहेको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताउनुभयो ।

एफ १९ को डिजाइन विशेषगरी उच्च गुणस्तरिय स्मार्टफोनका साथै आकर्षक डिजाइन मन पराउने “टे«ण्डसेटिङ” पुस्तालाई ध्यानमा राखि गरिएको छ । एफ १९ मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइन पनि दिएको छ ।

वि.सं.२०७८ वैशाख ७ मंगलवार १४:५४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...