back
NMB ad

छुट्ला है अरुण भ्यालीको ५२ लाख ४१ हजार कित्ता सेयर ! कहिलेसम्म दिने पाइन्छ आवेदन ?

Kumari bank ad

काठमाडौं । वैशाख ६ गतदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ः०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गरेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएपछि चैत ९ गते नै बुक क्लोज गरेको थियो । ८ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । उक्त हकप्रद सेयरमा वैशाख ६ देखि २६ गतेसम्म आवेदन दिन पाउने छन् ।

हकप्रद सेयरमा आवेदन दिँन धितोपत्र बोर्डबाट सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने छ भने मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ ।

यस्तै मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका साथै मुक्तिनाथ विकास बैंकको पोखरा,इलाम, इटहरी, नारायणगढ, सुर्खेत, जनकपुर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १४:१० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...