back
NMB ad

कोरोना विरुद्ध लड्नका लागि ओलीद्वारा ‘ईम्युनो बुस्टर’ जडिबुटी औषधी तयार (भिडिओसहित)

Kumari bank ad

काठमाडौं । विश्वभरी फैलिएको दोस्रो चरणको कोरोना भाइरसबाट जोगाउन आयुर्वेदिक अनुसन्धानकर्ता लक्ष्मी ओलीले ईम्युनो बुस्टर जडिबुटी औषधी तयार गर्नुभएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ओलीले कोभिड–१९ को कारण ईम्युनिटी सिस्टमलाई क्षय हुनबाट जोगाउनइम्युनो बुस्टर तयार गरेको जानकारी गराउनुभएको हो ।

उहाँले अहिलेको भाइरस पहिलाको तुलनामा डबल म्युटेन्ट भाईरस भएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘यो अझै खतरापुर्ण भाईरस हो । जसले छाति र फोक्सोमा संक्रमण गरेर शरिरमा अक्सिजन घट्ने, निमोनिया उत्पन्न गर्ने र मृत्युसम्म पुर्याउछ ।’

अनुसन्धानकर्ता ओलीले डबल म्युटेन्ट भाईरस ई ४८४ क्यू र एल ४५२ आर मिलेर बी १.६१७ बनेकाले यस भाईरसले संक्रमित हुँदा बिरामीमा ज्वरो आउने, डायरिया हुने, खोकी लाग्ने, खानाको स्वाद थाहा नपाउने, जिउ दुख्ने, कामज्वरो आउने र तिब्र रुपमा अक्सिजन घट्ने जस्ता शारिरिक लक्षण देखिने बताउनभुयो ।‘यो भाईरस कोभिड–१९ नै भएतापनिअहिलेको भाईरस पहिलाको तुलनामा कडा खालको भाईरस हो ।’ –उहाँले भन्नुभयो ।

कोरोना भाईरसबाट स्वास्थ्यमा हुने हानीलाई कम गर्न र संकमण ठिक गर्न, शरिरको ईम्युनिटी बढाउनका लागि उक्त औषधीमा १७ प्रकारका जडिबुटीको मिश्रणमा तयार भएको र विगतको समयमा पनि बिरामीहरुलाई सेबन गराएर संक्रमण मुक्त पारेको उहाँले बताउनुभयो ।

उहाँले वर्तमान समयमा पनि पहिला बनाएकै औषधिका जडिबुटीको चूर्णलाई केहि औषधिको मात्रा घटबढ गरेर कडा खाले भाईरससँग लड्न सक्नेगरि र शरिरमा ईम्युनिटी बढाउने खालका जडिबुटीको प्रयोग गरेर तयार पारेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो तयार पारिएको ईम्युनो बुस्टर सबै बिरामीहरुमा प्रभावकारी देखिएको छ । यो औषधि सेबन गरेर अहिलेको संक्रमणलाई संक्रमितहरुले कोभिड–१९ लाई पराजित गरिरहनु भएको छ ।’

संक्रमित व्यक्ति वा संक्रमण नभएका जो सुकै व्यक्ति, सबै प्रकारका रोगी बिरामीले पनि ईम्युनिटी बुस्टर सेबन गर्न सक्ने उहाँको भनाई थियो ।

https://youtu.be/nH5NI9YTNVg

वि.सं.२०७८ वैशाख १२ आइतवार १७:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...